Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

क्याम्पस खोल्न करोड संकलन

सोमबार, ०४ पुस २०७३

काठमाडौं ४ पुस / क्याम्पस सञ्चालनका लागि बोगटानमा सञ्चालित महायज्ञमा एक करोडभन्दा बढी संकलन भएको छ । उच्च शिक्षाका लागि तराईको कैलाली या डोटीको सिलगढी पुग्नुपर्ने बाध्यता हटाउन क्याम्पस खोल्ने जमर्को गरेको महायज्ञ आयोजक मूल समितिका सदस्य रघुराजा बमले बताए । उनका अनुसार दानबाट ९८ लाख रुपैयाँ नगद तथा जग्गा दानसमेत गरी करोडभन्दा बढी संकलन भएको हो ।

विद्यालयमा १० दिनसम्म सञ्चालन भएको महायज्ञमा हिन्दु संस्कृति संरक्षण संघका संरक्षक हरिशरण महाराजले कथावाचन गरेका थिए । गाउँमा विपन्न परिवारले पनि आफ्नो क्षमताले भ्याएसम्म दान गरेका समाजसेवी बमले बताए । महायज्ञमा क्षयरोग विशेषज्ञ डा. दीर्घसिंह बमले ११ लाख ११ हजार १ सय रुपैयाँ दान गरेका छन् ।
स्थानीय प्राथमिक विद्यालयका शिक्षक चित्र बमले २ लाख १ हजार, धनगढका स्थानीयवासी कलम बमले १ लाख ५५ हजार, जीवन बमले १ लाख ७७ हजार ७ सय ७७, समाजसेवी रघुराजा बमले १ लाख ५१ हजार १ सय ११ रकम दान गरेका छन् । सांसद कल्पना सोप र भरत खड्काले २/२ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै राष्ट्रिय जनमोर्चा डोटीले पनि १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया