काठमाडौं - सरकारले विगत केही दशकदेखि निरन्तर विद्यार्थी मूल्याङ्कनको अभ्यास गर्दै आएको छ । सबै बालबालिकाको गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि ‘सबैका लागि शिक्षा’ अभियानले लक्षित गरेको यो अवधारणा अनुरुप निरन्तर विद्यार्थी मूल्याङ्कन पद्दतीलाई उच्च प्राथमिकतामा राखेको छ ।
अझ राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६४ ले निरन्तर विद्यार्थी मूल्याङ्कनका सम्बन्धमा विद्यार्थीले कक्षागत सिकाइ उपलब्धिहरू पूरा गरे÷नगरेको, उनीहरूको व्यवहार, क्षमता सीपमा अपेक्षित परिवर्तन आए÷ नआएको, शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तर पृष्ठपोषण प्राप्त गरे÷नगरेको विषयलाई यो मूल्याङ्कन पद्दतिले विशेष प्राथमिकतामा राखेको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रम हुँदै विद्यालय क्षेत्रविकास कार्यक्रमसम्म निरन्तर विद्यार्थी मूल्याङ्कनलाई उच्च प्राथमिकताका साथ विद्यालयहरुले अभ्यास गरिरहेका छन् ।
निरन्तर विद्यार्थी मूल्यांकनको विभिन्न आधारहरुमध्ये एउटा महत्वपूर्ण आधार हो परियोजना कार्य अर्थात् प्रोजेक्ट वर्क । अहिले सरकारी नीति अनुसार निरन्तर परीक्षा मूल्यांकन प्रणाली अंगाली सकेका विद्यालय र शिक्षकहरुलाई टाउको दुखाइको विषय बन्दै गएको छ, परियोजना कार्य ।
कारण हो, यो बारेमा अझै पनि धेरै अन्योल र द्विविधा हुनु । यही कारणले शिक्षण सिकाइमा परिवर्तन ल्याउन सक्ने सामथ्र्यको परियोजना कार्य अहिले शिक्षकलाई ‘झण्झट’ बनेको छ ।
परियोजना कार्यका प्रशिक्षक समेत रहेका शान्ति निकेतन मावि भक्तपुरका प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्य परियोजना कार्यलाई अझ व्यापक रुपमा लग्नुपर्नेमा जोड दिन्छन् । परियोजना कार्यलाई धेरैले गाह्रो विषयका रुपमा ग्रहण गर्ने परिपाटीका कारण यसको कार्यान्वयनमा समस्या आएको उनको अनुभव छ । ‘प्रोजेक्ट वर्कलाई निश्चित विषय शिक्षकले मात्र गराउने भन्ने मान्यता छ, यस कारणले गर्दा कति शिक्षकहरुले यो विषयमा बुझेर पनि गरेका छैनन् ।’ उनले भने ।
यतिमात्र नभइकन परियोजना कार्य दिँदा आफ्नै जिम्मेवारी बढ्ने चिन्ताले ग्रस्त शिक्षकहरुका कारण पनि यो कार्य अघि बढ्न सकेको छैन । परियोजना कार्य विद्यार्थीलाई मात्र नभएर आफू पनि सक्रिय हुने कार्य हो । तर शिक्षकहरुले अल्छि गर्दा समस्या भएको छ ।
हुन त परियोजना कार्यको अभ्यास विद्यालय र शिक्षकपिच्छे फरक फरक तरिका नभएको भने होइन । तर, पनि यो कार्यलाई खाली औपचारिकतामा सीमित गर्दा यसले फाइदाभन्दा बढी हानी पु¥याइरहेको प्रति शिक्षक र विद्यालय प्रशासनले ध्यान दिनुपर्ने आवश्यकता रहेकोमा प्रशिक्षक कर्माचार्य जोड दिन्छन् ।
विद्यार्थीलाई कल्पनाशील बनाउने अस्त्रको रुपमा प्रयोग गर्न सकिने यो कार्यलाई भन्दा गृहकार्य र किताबकै सेरोफेरोमा अलमल्याउने प्रवृत्तिका शिक्षकहरूले गर्दा यो कार्यमा त्यत्ति ध्यान नगएको विद्यालयका प्रअहरु बताउँछन् ।
‘परियोजना कार्य गराउने कि नगराउने भन्ने विषय स्वयं शिक्षकमै भर पर्ने विषय हो’ भक्तपुरकै सुडालस्थित पञ्चकन्या माविका प्रधानाध्यापक सन्तराम दुलालले बताए ।
उनले सबै विषयको नभए पनि विशेष विज्ञान, जनसंख्या र वातावरणको विषयगत हिसाबले गर्ने गरिएको जानकारी दिँदै परियोजना कार्य फरक खालको अभ्यास भएकोले विद्यार्थी निक्कै रमाउने गरेको अनुभव सुनाए । सुरुमा प्राजेक्ट वर्कमा गर्नुपर्ने अभ्यासले विद्यार्थीले पनि झण्झटिलो मान्ने गरे पनि प्रोजेक्ट वर्क गर्दै गएपछि भने विद्यार्थीलाई जिज्ञासु बनाउन सहयोग पुगेको उनले बताए ।
उनले आफ्नो विद्यालयमा कक्षा ५ देखि नै परियोजना कार्य लागू गरेपछि अभिभावकहरु समेत खुसी भएको प्रतिक्रिया दिए ।
त्यस्तै भक्तपुरकै शारदा माविका प्रअ उद्धव सुजखु, गणेश मावि भार्वाचोका शिक्षक गणेशराम थुसा लगायतले पनि आफ्नो विद्यालयमा मात्र नभएर अधिकांश विद्यालयहरुले सामाजिक, विज्ञान र वातावरण विषयमा मात्र यो कार्य मार्फत् शिक्षण सिकाइको प्रक्रिया अघि बढाइरहेको जनाउँदै यसले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पु¥याएकोले यसलाई निरन्तर रुपमा अघि बढाउन जरुरी रहेको उल्लेख गरे ।
विश्व बैंकले गरेको एक अध्ययन प्रतिवेदन अनुसार दक्षिण एसियामा देशकाल सापेक्ष पाठ्यक्रमको विकास भएपनि शिक्षकले राम्ररी पढाउन नसकेकाले यहाँका विद्यार्थीले विश्व बजारमा प्रतिष्पर्धा गर्न नसकेका हुन् । नेपालको शिक्षा प्रणाली पनि यसबाट अपवाद छैन । यही कारण पनि प्रोजेक्ट वर्कले समय सुहाउँदो शिक्षा दिन र लिनका लागि सहयोग गर्ने बताउँछन प्रअ कर्माचार्य ।
यही वास्तविकतालाई बुझेर शैक्षिक जनशक्ति विकास केन्द्रले आगामी दिनमा प्रअहरुलाई दिइने तालिममा परियोजना कार्य कसरी गर्ने भन्ने विधिलाई पनि समेट्ने योजना बनाएको छ ।
‘अहिले क्रमशः पठनपाठनमा नयाँपन आइरहेको छ, विद्यार्थीलाई गृहकार्यभन्दा परियोजना कार्य दिनुपर्ने आवश्यकता देखिएको छ’ केन्द्रका उपनिर्देशक ईश्वरीप्रसाद पोखरेलले भने ‘यही कुरालाई आत्मसात गरी शैक्षिक जनशक्ति विकास कन्द्रले उक्त विषय समेटेको छ ।’
प्रतिक्रिया