Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

विवादमा एसएलसी

मंगलबार, ०३ चैत्र २०७१

Hari Prasad PokhrelHari Prasad Pokhrelनेपाली समाजमा एसएलसी परीक्षालाई यति धेरै महत्व दिइन्छ मानौ कि एसएलसी परीक्षा नै हरेक विद्यार्थीले उत्तीर्ण गर्नुपर्ने अनिवार्य शर्त हो ।

यतिमात्र होइन एसएलसीलाई विद्यालयहरुले आफ्नो अस्तित्व र स्वाभिमानसंग गाँसेर हेर्ने गरेको र अभिभावक तथा विद्यार्थीहरुले पनि फलामे ढोकाको रुपमा लिने गरेकोले पनि यो सधै चर्चा र विवादमा रुम्मलिएको पाइन्छ । मूलतः एसएलसी परीक्षाको नतिजा प्रकाशन पश्चात् झण्डै एक महिना भन्दा बढि चर्का चर्कि बहस गर्ने र एक अर्कामा दोषारोपण गर्ने तथा मिडियाहरुमा शिक्षाविदहरुले पाण्डित्य छाट्ने अनि एसएलसी चर्चा एघार महिनासम्म सेलाउने गरेकोकाले पनि नतिजा सुधारोन्मुख हुन नसकेको देखिन्छ ।

हुनत एसएलसी परीक्षालाई सुधार्ने र समय सापेक्ष बनाउदै लैजाने सन्दर्भमा पनि बहस चल्दै आएको छ । यति मात्र होइन यसको विकल्प नै खोज्नु पर्ने होकी भनेर पनि बेला बेलामा चर्चा परिचर्चा हुने गर्दछ तथापी एसएलसी परीक्षा संचालन तथा नतिजा प्रकाशनमा समेत कुनै परिवर्तन देखिदैन । बर्षेनी विद्यार्थी संख्या बढेसंगै अनुत्तिर्ण विद्यार्थी संख्या पनि बढ्दै छ ।

एसएलसी अनुत्तिर्णको पीडाले कतिपय विद्यार्थीहरु आत्माहत्या गर्ने, मेन्टल डिसअर्डरको सिकार बन्ने तथा विरक्तिएर विभिन्न कुलतमा लाग्ने जस्ता डरलाग्दा समस्याहरुले ग्रसित हुने गरेको तथ्यांक पनि दिनप्रतिदिन बढ्दै छ तर पनि यसबारे सरोकारवालाहरु त्यति गम्भिर देखिदैनन् ।

प्रतिक्रिया