Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

नयाँ स्कुल भवन पाएपछि मुहारै उज्यालो

शुक्रबार, १० मंसिर २०७३

काठमाडौं १० मंसिर / गत वर्ष बैशाख १२ गतेको भुइँचालोले तहसनहस पारेको गोरखाको नामजुङ १ रातमाटेस्थित कालिका अमरज्योति प्राविको नयाँ पाँचकोठे भवन बनाएर आइतबार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
खाल्सा युेक नामक संस्थाले स्कुलको पाँचकोठे भवन बनाएर हस्तान्तरण गरेपछि बालबालिका र अभिभावकको मुहार उज्यालो भएको छ । डेढ वर्षदेखि खुला आकाशमुनि पढिरहेका बालबालिकाले नयाँ भवन पाएपछि कोठाभित्र अध्ययन गर्न पाउने भएका छन् ।
भूकम्पबाट भत्किएको स्कुलको नयाँ भवन बनेपछि खुला आकाशमुनि पढ्नुपर्ने बाध्यता हट्यो । कक्षा ५ मा अध्ययनतर सुजिता माझीले भनिन् । अब रजस्वला हुँदा कम्तीमा चर्पीमा गएर सफा गर्न पाइने भयो। अब कक्षाको बीचैमा स्कुल छाड्नुपर्दैन ।
यतिमात्र होइन स्कुल स्थापनाको ३९ वर्षको  इतिहासमा सरकारी निकायबाट प्रतिनीधित्व गर्दै जिल्ला शिक्षा अधिकरी दीपेन्द्र सुवदी स्कुलमा पुग्दा विद्यार्थी, अभिभावक, शिक्षक लगायत दंग परे । सुवेदी स्कुल भवन स्थानीयलाई हस्तान्तरण कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए ।

रुबि रौनियारले नागरिकमा लेखेको खबर ।

 

 

प्रतिक्रिया