Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

करिब पाँच सय विद्यालय गाभिए

शनिबार, १६ साउन २०७२

काठमाडौं १६ साउन / विद्यार्थी कम भएका र कम दूरीमा रहेका विद्यालय एकापसमा गाभ्ने सरकारी नीतिपछि कुल विद्यालयको संख्यामा ४ सय१७ ले कमी आएको छ ।

गत वर्ष देशभर कुल ३५ हजार २ सय २३ विद्यालय रहेकामा ४ सय १७ विद्यालय गाभिई गत आवको अन्त्यमा ३४ हजार ८ सय ६ कायम हुन पुगेका छन् । विद्यालय गाभिएपछि प्रावि तहका रिक्त सात हजार ४ सय ३० शिक्षकलाई निमावि तहमा दरबन्दी मिलानको काम शिक्षा मन्त्रालयले गरिरहेको छ ।

अर्थ मन्त्रालयले प्रकाशन गरेको आव ०७१/७२ को ‘मन्त्रालयगत प्रगति विवरण’ मा हाल त्यसमध्ये ३४ हजार ३ सय ३५ प्राथमिक, १४ हजार ९ सय २४ निमावि, ३४ हजार ५ सय ६ आधारभूत (१–८) तह, आठ हजार ८ सय १४ मावि र तीन हजार ५ सय ९६ उमावि छन् ।

शिक्षा मन्त्रालयले विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन कम विद्यार्थी संख्या भएका र निश्चित दूरीभन्दा कम दूरीमा रहेका विद्यालय गाभेर शिक्षक दरबन्दी मिलानको कार्य अघि सारेको छ । रासस

प्रतिक्रिया