Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

शिक्षक अन्तर्वार्ताको नतिजा सार्वजनिक

विहीबार, ०२ मंसिर २०७३

भक्तपुर - शिक्षक सेवा आयोगले गत महिना लिएको माध्यमिक तह स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । नतिजाको पहिलो चरणमा ६ विषयमा १४ जनाको नाम सिफारिस गरेको आयोगले जनाएको छ  ।

जस अनुसार अर्थशास्त्र तर्फ पश्चिमाञ्चलका लागि ६ जना अन्तर्वार्तामा सफल भएका छन् । यस्तै पश्चिमाञ्चलकै शिक्षामा २, संस्कृत भाषामा २, बेदमा १ र कृषिमा १ जनाको सिफारिस गरेको आयोगले जनाएको छ । यसैगरी मध्यमाञ्चलमा संस्कृत साहित्यमा १ र सुदुर पश्चिममा १ जना गरी १४ जना अन्तर्वार्तामा सफल भएर सिफारिस गरिएको आयोगले जनाएको छ ।

नतिजा हेर्नुस् : http://tsc.gov.np/

अन्य बाँकी विषयको नतिजा क्रमैसँग प्रकाशित गर्दै जाने योजना रहेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

अन्तर्वार्तामा सफल उम्मेद्वारले आयोगको वेभसाईटमा आफ्नो जन्म मिति र रोल नम्बर टाईप गरेमा आफूले प्राप्त गरेको अंक समेत हेर्न सक्ने ब्यवस्था मिलाईएको मरहठ्ठाले जानकारी दिए ।

विभिन्न विषयका ६ सय १२ स्थायी शिक्षकका लागि आयोगले गत असारमा परीक्षा लिएको थियो । यसको अन्र्तवार्ता गत कात्तिक १ गतेबाट शुरु गरेको थियो ।

प्रतिक्रिया