Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

इसीडीमा कार्यरत सहयोगी कार्यकर्तालाई प्राथमिक तहका शिक्षक दरबन्दीमा रुपान्तरण गरिने

विहीबार, ०२ मंसिर २०७३

काठमाडौं २ मंसिर / मुलुकभरका प्रारम्भिक बाल विकास केन्द्र(इसीडी) मा कार्यरत सहयोगी कार्यकर्तालाई प्राथमिक तहका शिक्षक दरबन्दीमा रुपान्तरण गरिने भएको छ ।
इसीडीलाई पनि मूलधारको विद्यालयमा ल्याउने शिक्षा ऐनको व्यवस्था कार्यान्वयन गर्न  शिक्षा मन्त्रालले यस्तो व्यवस्थ ागर्न लागेको हो ।
यस व्यवस्थाले मुलुकभरका ३० हजार सहयोगी कार्यकर्तालाई शिक्षक बन्ने अवसर प्रँप्त हुने भएको छ ।
मन्त्रालयमा छलफलमा रहेको शिक्षा नियमावलीको मस्यौदामा यस विषयलाई समावेश गरिएको मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले बताए । उनका अनुसार नियमावलीको मस्यौदामाथिको छलफल अन्तिम चरणमा पुगेको छ ।
सहयोगी कार्यकर्तालाई प्राथमिक तहको दरबन्दीमा रुपान्तरण गरिए पनि यस्ता शिक्षकहरु सिधै प्राथमिक तहका शिक्षकमा बढुवा भने हुन पाउने छैनन् । शिक्षा ऐनले इसिडीलाई विद्यालय तहमा गाभ्ने उल्लेख गरे पनि त्यहाँ कार्यरत सहयोगी कार्यकर्तालाई कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट व्याख्या गरेको छैन ।
इसीडीका सहयोगी प्राथमिक शिक्षक शिर्षकमा सूर्यप्रसाद पाण्डेले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

 

प्रतिक्रिया