Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

सिटीइभिटीमा अनधिकृत सम्बन्धनको तयारी

मंगलबार, ३० कार्तिक २०७३

काठमाडौं ३० कात्तिक / प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटीइभिटी) ले कक्षा सञ्चालन भइसकेको दुई महिनापछि यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन हुने गरी सम्बन्धन दिने तयारी गरेको छ ।
शिक्षामन्त्री धनीराम पौडेलको अध्यक्षतामा मंगलबार बस्ने परिषद् बैठकले दुई दर्जनभन्दा बढी शैक्षिक संस्थालार्य स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लगि अनुमति दिन लागेको हो । चिकित्सा शिक्षा विधेयक आफैले संसदमा लगेका शिक्षामन्त्री पौडेलले विधेयकलाई पारित गराउनभन्दा स्वास्थ्यका कार्यक्रमलार्य अनुमति प्रयासमा लागेका छन् ।
स्वास्थ्यसँग सम्बन्धित हेल्थ एसिस्टेन्ट, डेन्टल, फार्मेसी र रेडियोग्राफी कार्यक्रम अनुमति दिन लागेको हो ।
वर्षौंदेखि सम्बन्धन नदिइ रोकेका संस्थालाई यसपटक परिषद्का कर्मचारीले नै चिकित्सा शिक्षा विधेयक संसदमा पुगेको, चिकित्सा शिक्षालाई पारदर्शी र व्यवस्थित बनाउन भन्दै डा. गोविन्द केसी अनशनमा बसेको समयमा लाभका लागि निर्णय गर्न लागेको गुनासो गरेका छने ।
कर्मचारी स्रोतका अनुसार मंगलबार अनुमति दिइन लागेका संस्थाका पूर्वाधार भूकम्पप्रतिरोधी भवन लगायतका मापदण्ड पूरा भएका छैनन् ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

 

प्रतिक्रिया