Edukhabar
आइतबार, ०९ मंसिर २०८१
जिव्रो

१५ देखि २० अंकका प्रश्नहरू अलि जटिल

मंगलबार, १० चैत्र २०७१

Mahendra Bista

Mahendra Bistaअाजकाे सामाजिक अध्ययन विषयकाे एस एल सी परीक्षाकाे बारेमा प्रसारित शिक्षक साथीहरूकाे कुरा पढेपछि मैले पनि एस एल सीकाे सामाजिक अध्ययन विषायकाे प्रश्न हेरेँ । केही सुधार गर्नु पर्ने कुराहरू रहेछन् । तर सुधार प्रश्न निर्माताले मात्र हाेइन कक्षामा पढाउने शिक्षक, परीक्षा दिने विद्यार्थी र मार्कसिटमा अंक मात्र खाेज्ने प्रधान अध्यापक र अभिभावक लगायत सबैले सुधार गर्नु पदर्छ ।

प्रश्न निर्माता पनि तपाइ हामी जस्तै शिक्षक नै हुन् । सात वर्ष देखि एउटै ग्रीड प्रयाेग भइरहेकाे छ । विगतका वर्षहरूका प्रश्न सँग मेल नखाने गरी , ग्रिडले ताेकेकाे क्षेत्रबाट, ताेकिएकाे तहका प्रश्नहरू निर्माण गर्नु पर्ने सिमा भित्र रहेर प्रश्न बनाउनु पर्दा केही जटिलताहरू त हुन्छन् नै तर विद्यार्थी भसक्कै फेल हुने गरी प्रश्न अाएकाे देखिँदैन १५ देखि २० अंकका प्रश्नहरू अलि जिटिल जस्ता देखिन्छन् । तर मिहीनेती र चलाख विद्यार्थीका लागि त्येा पनि धेरै गाराे चैँ छैन । यसले ग्रिड परिवर्तन गर्न ढिला भएकाे संकेत समेत गर्दछ ।

राम्राे प्रश्न खाेज्ने हाे भने ग्रिड परिवर्तन अावश्यक छ । हामीले हाम्राे हेराइबाट भन्दा पनि विद्यार्थीकाे तहबाट साेच्नु पर्ला । विद्यार्थिले पनि प्राक्टिस बुक र पाठ्य पुस्तककाे मात्र भर नपरी समसामयिक विषयमा अध्यावधिक हुनु पर्दछ र गेस गरेर पढ्ने बानी छाड्नु पर्दछ । सबै खालका प्रश्न अाउन सक्ने सम्भावनालाइ खुला राखेर सिक्ने र सिकाउने बानीकाे विकास गर्नु पर्दछ । मुख्य कुरा उत्तर पुस्तिका परीक्षण गर्दा विद्यार्थीकाे बुझाइलाइ स्वीकार्ने सदासयता परीक्षकहरूले गरिदिए राम्राे हुन्थ्याे ।

प्रधान अध्यापक र अभिभावकले पनि कमसेकम सामाजिक अध्ययन विषयमा अंक नखाेजेर अाफ्नाे बालबालिकाकाे व्यवहार र क्षमतामा सुधार गरिदिएकाे हेर्ने अपेक्षा राखिदिए शिक्षकलाइ यस्ताे खालकाे नकारात्मक दवाव पर्ने थिएन र एउटा शिक्षकले अर्काे शिक्षकलाइ जथानाम भनेर गाली गर्नु पर्ने अवस्था अाउने थिएन । अाफुअाफुमा भिडेर अाङकाे छाराे उडाउनुकाे साटाे माथि भनिएकै ग्रिड र सिमा भित्र रहेर एक सेट राम्राे नमुना प्रश्न बनाएर प्रेसित गरिदिए कति राम्राे हुन्थ्याे । सायद अर्काे पटक यस्ताे समस्या अाउने थिएन कि ।

प्रतिक्रिया