Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

शैक्षिक विकृति रोक्न आन्दोलन गर्ने

सोमबार, २९ कार्तिक २०७३

काठमाडौं २९ कात्तिक / शैक्षिक विकृति नियन्त्रणमा आफूहरुले राखेको मागलाई जिल्ला शिक्षा कार्यालय खोटाङले बेवास्ता गरको भन्दै समाजवादी विद्यार्थी फोरमले जिल्लामा आन्दोलनको घोषणा गरेको छ ।
एसएलसीको मार्कसिट तथा चारित्रिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरी, विद्यालय भवन निर्माणका क्रममा देखिएका अपारदर्शिता लगायत शैक्षिक विकृति नियन्त्रणका लागि यसअघि पटकपटक राखिएका मागका विषयमा कार्यालयले बेवास्ता गरेकाले शुक्रबार पहिलो चरणको आन्दोलन घोषणा गरेको फोरमले जनाएको छ ।
फोरमका जिल्ला अध्यक्ष रबिन खम्ब र सचिव एलबी मगरले जारी गरेको विज्ञप्तिमा कात्तिक ३० गते दिक्तेले बहुमुखी क्याम्पसमा र मंसिर १ गते सरस्वती उच्च माविमा जिल्लाभरका शैक्षिक स.स्थामा भइहेका शैक्षिक विकृतिको विरोधसँगै जागरण अभियान सञ्चालन गर्ने जनाइएको छ ।
नागरिकमा प्रकाशित खबर ।

 

प्रतिक्रिया