Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान मकवानपुरमा स्थापना गर्ने तयारी

सोमबार, २९ कार्तिक २०७३

काठमाडौं २९ कात्तिक / नेपाल विज्ञान तथा प्राविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) को प्रादेशिक कार्यालय मकवानपुरमा स्थापना गर्ने तयारी थालिएको छ ।
प्रतिष्ठानको प्रादेशिक कार्यालय मकवानपुमा स्थापनाका लागि हेटौंडा आएका नास्टको टोलीले जिल्लाका राजनीतिक दल तथा सरोकारवाला टोलीलाई प्रतिष्ठानका लागि आवश्यक जग्गा उपलब्ध गराउन आग्रह गरेको छ ।
नास्टको आग्रहपछि राजनीतिक दल, प्रशासन, स्थानीय निकायले प्रतिष्टठानको कार्यालय स्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।
नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति माइकल रामचन्द्र अर्यालले नास्टको प्रान्तिय कार्यालय स्थापनाका लागि सहयोग गर्ने बताउँदै नास्टलार्य प्रादेशिक कार्यालय तत्काल सञ्चालनमा ल्याउन टोलीसँग आग्रह गरेका थिए ।
राजनीतिक दलहरुले मकानपुर पढी गावस वडा नं. ३ कुर्लेपा रहेको खाली जग्गा र हेटौंडा सिमेन्ट उद्योग लि.को पछाडि रहेको २० विघा जग्गा उपयुक्त रहेको प्रस्ताव गरेको छ ।
गेरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया