Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

कक्षा १२ को प्रमाणपत्र वितरण स्थगित

आइतबार, २८ कार्तिक २०७३

काठमाडौं २८ कात्तिक / लेटर प्याड सकिएपछि राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई उपलब्ध गराउँदै आएको माइग्रेशन। प्रोभिजनल, ट्रान्सक्रिप्ट तथा स्थायी प्रमाणपत्र स्थगित गरेको छ ।
यसअघि उच्च माध्यमिक शिक्षा परिषद्का नामममा वितरण गरिँदै आएको यस्ता प्रमाणपत्र शिक्षा ऐन संसोधनसँगै राष्ट्रिय परीक्षा बोर्डबाट वितरण गर्नुपर्ने थियो ।
ऐन संसोधन भएपछि असार १५ मा उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरी परीक्षा बोर्ड बनाइएको थिया ।
परीक्षा बोर्डका नामबाट तत्काल विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्न असम्भव भएपछि सोही दिनदेखि प्रमाणपत्रको तल्लो भागमा नोट लेखेर परिषद्को लेटर हेड लेखिएका यस्ता प्रमाणपत्र पनि अहिले सकिएको छ ।
स्टक सकिएको तथा नयाँ तयार नभएका कारण बोर्डले मंसिर २० सम्मका लागि सबै प्रकारका प्रमाणपत्र वितरण स्थगित गरेको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताए ।
सुर्यप्रसाद पाण्डेले अन्नपूर्ण पोष्टमा लखेको खबर ।

 

प्रतिक्रिया