Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

क्याम्पसको आन्तरिक कुरा सार्वजनिक गरेको अभियोगमा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख निलम्बन

बुधबार, २४ कार्तिक २०७३

काठमाडौं २४ कात्तिक/बबई बहुमुखी क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख र सहायक प्रमुखलाई निलम्बन गरिएको छ । क्याम्पसको आन्तरिक कुरा सार्वजनिक गरेको अभियोगमा क्याम्पस प्रमुख लक्ष्मणकुमार रेग्मी र सहायक क्याम्पस प्रमुख जीवराज शर्मालाई निलम्बन गरिएको क्याम्पस सञ्चालक समितिले जनाएको छ ।

प्रमुख र सहायक प्रमुखमाथि लागेको अभियोगका बारेमा छानबिन गरी प्रतिवेदन पेस गर्न क्याम्पस सञ्चालक समितिले माधवप्रसाद लामिछानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले १५ दिनभित्र छानबिन प्रतिवेदन सञ्चालक समितिलाई बु झाउनुपर्नेछ ।

सो क्याम्पसको कामकारबाही नियमित गर्नका लागि प्रा. गणेश पाद्यलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोपीनाथ योगीले बताए ।
राजधानीमा प्रकाशित खबर ।
 

प्रतिक्रिया