Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

मनिपालमा अढाई महिनादेखि पढाइ ठप्प

मंगलबार, २३ कार्तिक २०७३

काठमाडौं २३ कात्तिक/मनिपाल मेडिकल कलेजमा साढे २ महिनादेखि एमबीबीएसको पढाइ ठप्प छ । तलब वृद्धिलगायत माग राखेर प्राध्यापक, शिक्षक आन्दोलनमा उत्रेका हुन् । आन्दोलनले करिब तीन सय विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

तलब वृद्धि, करारका शिक्षकलाई स्थायी र सार्वजनिक बिदाका दिन गरेका कामको अतिरिक्त पारिश्रमिक पाउनुपर्ने माग गर्दै पढाइ ठप्प पारेका हुन् । प्राध्यापक–शिक्षकले नपढाएपछि विद्यार्थी क्लिनिकलको प्रयोगात्मक र सैद्धान्तिक सेमेस्टरै गुम्ने त्रासमा छन् । सातांै र नवांै सेमेस्टरका (तेस्रो र चौथो वर्षका) तीन सय जना विद्यार्थी प्रत्यक्ष मर्कामा परेका छन् । ‘भदौ ७ यता कुनै पनि क्लिनिकल प्राक्टिकल र थ्योरीको क्लास भएको छैन,’ एक विद्यार्थीले भने, ‘कलेज प्रशासन र शिक्षकको मारमा परेका छांै ।’ कलेजमा नेपालीसँगै भारत, श्रीलंका र मालदिभ्सका विद्यार्थी पढ्छन् ।
अहिलेसम्म कलेज व्यवस्थापन र आन्दोलनरत पक्षबीच वार्ता नै भएको छैन । विद्यार्थी र अभिभावकले पढाइ सुचारूका लागि अनुरोध गरेका छन् । काठमाडांै विश्वविद्यालयको शैक्षिक क्यालेन्डरअनुसार आगामी फेबु्रअरी र मार्चमा परीक्षा हुन्छ । तर, यति लामो समय पढाइ नभएको र अझै कहिलेबाट हुन्छ भन्ने यकिन नहुँदा आफूहरूको भविष्यमाथि खेलवाड गरिएको विद्यार्थीले बताए । ‘दुवै पक्षबाट वार्ताको पहल भएको छैन । एकअर्कोलाई दोष लगाएर पन्छिन्छन् । विद्यार्थीलाई परेको मारप्रति कुनै वास्ता गरेका छैनन्,’ एक पीडित विद्यार्थीले भने, ‘कतै सेमेस्टर नै गुम्ने हो कि भन्ने त्रासमा छांै ।’ नियमित पढाइ नभएर सेमेस्टर गुमेमा देश विदेशका विभिन्न कलेज तथा प्रतिष्ठानमा पोस्ट ग्राजुएट अध्ययनमा समस्या पर्ने उनीहरूले बताए । नियमित अध्ययन गरेका विद्यार्थी हुन पाइँदैन कि भन्ने त्रासमा रहेको उनीहरूको भनाइ छ ।
स्रोतका अनुसार कलेज व्यवस्थापन तलब समायोजनमा सकारात्मक भए पनि सबै करारका शिक्षकलाई स्थायी र बिदाको दिनको पारिश्रमिक मागमा सहमत छैन । नेपालका कुनै पनि निजी कलेजमा सबै शिक्षक स्थायीको प्रावधान नरहेको भन्दै प्रशासनले उक्त मागप्रति लचक हुन नसकिने बताउँदै आएको स्रोतले जनायो । डेढ सय शिक्षकमध्ये ५५ जना जति आन्दोलनमा उत्रिएका र अरूलाई पनि पढाउन नदिएका हुन् । कलेजले आन्दोलन गर्ने निश्चित समूहसँग मात्र वार्ता नगरी सबै शिक्षकसँग सामूहिक वार्ता गर्ने भनेको तर आन्दोलित पक्षले आफूहरूसँग मात्रै वार्ता गर्नुपर्ने अडान लिएको स्रोतले जनायो । आन्दोलनका नेतृत्व गरेका डा. दीपक कोइरालाले आफूहरूले राखेका मागका विषयमा अहिलेसम्म प्रशासनले छलफल नगरेको बताए । वार्तामा पनि नबोलाएकाले पढाइ बन्द लम्बिएको उनको भनाइ छ । ‘हामी कुनै राजनीतिक दलको दबाब र रहरले आन्दोलित भएका होइनांै,’ उनले भने, ‘वार्तामा बोलाएर समस्या समाधान गर्नेतर्फ नलागी विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनसमक्ष प्रशासनले गुहारेको छ । यसले समस्या समाधान हँुदैन ।’
कलेजका डिन बीएम नागपालले शिक्षकको आन्दोलनले पढाइ अवरुद्ध भएको बताए । ‘आज म बाहिर जाँदैछु, यस विषयमा भोलि कुरा गरांैला,’ उनले भने । काठमाडांै विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल, स्थानीय प्रशासनलगायतले पनि यसतर्फ चासो नदेखाएको अभिभावक र विद्यार्थीको गुनासो छ । लाखौ रुपैयाँ खर्च गरेर छोराछोरी पढ्न पठाएको तर अहिले खेलवाड भइरहेको एक अभिभावकले गुनासो गरे । ‘समयमै पैसा नबुझाए हामीबाट थप पैसा असुलिन्छ,’ उनले भने, ‘तर यति लामो समयसम्म पढाइ नभएको क्षतिपूर्ति कसले दिन्छ ?’

लालप्रसाद शर्माले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया