Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

प्रदूषणले तीन दिन विद्यालय बन्द

सोमबार, २२ कार्तिक २०७३

काठमाडौं २२ कात्तिक / भारतको राजधानी नयाँ दिल्ली र त्यस वरपरका सहरमा प्रदूषण उच्चस्तरमा बढेपछि तीन दिन विद्यालय बन्द गरिने भएको छ ।
प्रदूषण बढेको विषयमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आपतकालीन बैठक बोलाएर यस्तो निर्णय गरेका हुन् ।
उक्त बैठकले प्रदूषण क मगर्न विभिन्न दश निर्णय गरेको छ । अवैध भवन बनाइएका क्षेत्रमा विद्युत आपुर्ति गर्न पनि दिल्ली सरकारे निर्देशन दिएको छ । यसबाट यस्ता अवैध निर्माणलाई बैधता दिएको भने नठहरिने पनि स्पष्ट पारिएको छ । विद्युत नभएका ठाउँमा डिजेल जेनेरेटर चलाइँदा यसबाट वायु प्रदूषण बढेको भन्दै उक्त आदेश दिइएको हो । यसैगरी पातपतिंगर जलाउन पनि प्रतिवन्ध लगाइएको छ ।
आगामी तीन दिनसम्म विद्यालय बन्द गरिने, ६ दिनसम्म सब खाले निर्माण रोकिने, जेनेरेटर र बदरपुर थर्मल प्लान्ट १० दिनसम्म बन्द गरिने, सबै मिलेर प्रदूषण कम गर्नुपर्ने, दिल्लीका सडकमा पानी छर्किनुपर्ने, फोहोर जलाउन नपाइने, गाडी सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्न सकिने, घरमै बसेर काम गर्न पनि दिल्लीवासीलाई अनुरोध गरिएको छ ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

 

प्रतिक्रिया