Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

देउवालाई जेएनयूको मानार्थ विद्यावारिधि

सोमबार, २२ कार्तिक २०७३

काठमाडौं २२ कात्तिक / कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय ९जेएनयू० ले मानार्थ विद्यावारिधिको उपाधिले सम्मानित गरेको छ ।

आइतबार विश्वविद्यालयको कन्भेन्सन हलमा आयोजित बाह्रौं नेहरू स्मृति व्याख्यान कार्यक्रमका बीच विश्वविद्यालयका उपकुलपति प्रा।जगदेश कुमारले देउवालाई उक्त उपाधिले सम्मानित गरे ।

यो उपाधिबाट सम्मानित हुने देउवा पहिलो नेपाली हुन् । यसअघि यस्तो सम्मान भारतीय पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम र राष्ट्रपति प्रणव मुखर्जीलाई पनि दिइएको थियो ।

कार्यक्रममा उपकुलपति जगदेश कुमारले नेपालको राजनीतिमा देउवाले खेलेको सशक्त भूमिकाको सम्मानस्वरूप मानार्थ विद्यावारिधि उपाधिले सम्मानित गरिएको बताए ।

पत्नी आरजू देउवाका साथ भारत भ्रमणमा रहेका देउवाको सम्मानमा आइतबार नेपालका लागि भारतीय राजदूत रन्जित रेले रात्रिभोज आयोजना गरेका थिए ।

गोवामा इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी भएर शनिबार दिल्ली आएका सभापति देउवाको सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको नेपाली दूतावास स्रोतले जनाएको छ ।

भारतीय सुरक्षा सल्लाहकार अजित दोभालसँग सोमबार बिहान भेट गरेपछि मोदीसँगको भेटको समय तय हुने बताइएको छ ।

अन्नपूर्ण पोष्टमा आशा थपलियाले लेखेको खबर ।

प्रतिक्रिया