Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

मेरिटका आधारमा भर्ना लिन कलेजलाई निर्देशन

आइतबार, २१ कार्तिक २०७३

काठमाडौं २१ कात्तिक / नेपाल मेडिकल काउन्सिलले चालू शैक्षिक सत्रका लागि मेडिकल कलेजको एमबीबीएस र बीडीएस(डेन्टलतर्फ) सिट संख्या तोकेको छ ।
काउन्सिलको बिहीबार र शुक्रबार बसेको बैठकले एमबीबीएसमा अधिकतम ११५ सिट र बीडीएसमा अधिकचत ५० सिट तोक्ने निर्णय गरेको छ । केदारभक्त माथेमा आयोगको प्रतिवदनअनुसार सिटको अधिकतम संख्या निर्धारण गरिएको हो । गत वर्ष अधिकतम पाउनेले एमबीबीएसमा १३५ र बीडीएसमा ६० सिट पाएका थिए । सिट निर्धारण गर्दे काउन्सिलले मेरिटका आधारमा भर्ना लिन कलेजलाई निर्देशन दिएको छ ।
अन्नपूर्ण पोष्टमा काउन्सिलले तोक्यो मेडिकल सिट शिर्षकमा प्रकाशित खबर ।

 

प्रतिक्रिया