Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

उच्च शिक्षाबाट वञ्चित

शुक्रबार, १९ कार्तिक २०७३

काठमाडौं १९ कात्तिक / पदमपुरका विपन्न, दलित परिवारका एक युवक आर्थिक अभावका कारण शैक्षिक प्रमाणपत्र लिन नसक्दा उच्च शिक्षा अध्ययनबाट वञ्चित भएका छन् । स्थानीय रञ्जयकुमार पासवानले पैसा नभएकै कारण एमएससी अध्ययन गर्न नसकेका हुन् ।

पासवानले सफटेक कलेज लहानबाट विज्ञान संकायको माइक्रो बायोलोजीमा स्नातक उत्तीर्ण गरेका छन् । उनले कलेजले माग गरेको शैक्षिक प्रमाणपत्रका लागि १५ हजार बुझाउन नसक्दा एक वर्षदेखि उच्च शिक्षा अध्ययन गर्न नसकेका हुन् । ‘सफटेक कलेज सञ्चालक डा. महादेव साहले आफूलाई स्नातक तह नि:शुल्क पढ्ने व्यवस्था मिलाइदिनुभएको थियो ।’ पासवानले भने, ‘कलेजले माग गरेको रजिस्ट्रेसन, परीक्षा शुल्क, शैक्षिक प्रमाणपत्रबापत १५ हजार बुझाउन नसकेकाले स्नातक पास गरे पनि हालसम्म शैक्षिक प्रमाणपत्र हात परेको छैन ।’
विपन्न सुकुम्बासी परिवारका पासवानका आमाबुबा कृषि मजदुरका रूपमा गाउँमा नै ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका छन् ।
कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया