Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

मावि अन्तर्वार्ताको नतिजा आउँदो साता

विहीबार, १८ कार्तिक २०७३

भक्तपुर - माध्यमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक पदपुर्तिका लागि भएको अन्तर्वार्ताको नतिजा आउँदो साता सार्वजनिक गर्ने गरी काम भईरहेको शिक्षक सेवा आयोगले जनाएको छ ।

गत कात्तिक १ गतदेखि १२ गतेसम्म आयोगको केन्द्रीय कार्यालय, सानोठिमीमा भएको अन्तर्वार्ताको नतिजा कात्तिकको चौथो हप्तामा सुरु हुने सम्भावना रहेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । ‘तिहार विदा पछि अफिस खुलेको छ, नतिजा प्रकाशनको काम २२ / २३ गतेबाट सुरु हुन सक्ला ।’  उनले एडुखबरसँग भने ।

यसैबीच उक्त अन्तर्वार्ताका लागि छनोट भएका कूल १ हजार ५० जना उम्मेद्वारहरु मध्ये ५ जना उम्मेदवार अनुपस्थित रहेको मरहठ्ठाले जानकारी दिए । १० गते सम्ममा अनुपस्थित ६ जना मध्ये अन्तर्वार्ताको अन्तिम दिन एक जना परीक्षार्थी अन्तर्वार्तामा सहभागि भएको उनले बताए ।

अन्तर्वार्तामा अनुपस्थित परीक्षार्थीहरुले १० दिन भित्र दिएको निवेदनको छानवीन गरी अन्तर्वार्तामा अनुपस्थित हुने उपयुक्त कारण प्रमाणित भएमा आयोगले पुनः सहभागि गराउन सक्ने प्रावधान छ ।  
आयोगले विभिन्न १४ विषयका ६ सय १२ स्थायी शिक्षक पदका लागि गत असारमा लिखित परीक्षा लिएको थियो ।

प्रतिक्रिया