Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

अतिरिक्त क्रियाकलाप गर्दैनन् विद्यालय

विहीबार, १८ कार्तिक २०७३

काठमाडौं १८ कात्तिक । पाठ्यभारसँगै सातामा एकदिन अतिरिक्त क्रियाकलाप गनुपर्ने शिक्षा ऐनले तोके पनि संखुवासभाका विद्यालयहरुले त्यो गर्ने गेका छैनन् । हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्नुपर्ने प्रावधान भए पनि जिल्लाका अधिकांश विद्यालयहरुले त्यसमा रुचि देखाउने गरेका छैनन् ।
जिल्लामा तीनसय ७६ विद्यालय छन् । त्यसमध्ये ८० प्रतिशत विद्यालयले ऐनविपरीत विद्यालय बन्द गर्ने गरेको शिक्षा कार्यालयको तथ्यांक छ ।
शारदा माध्यमिक विद्यालय खराङ चैनपुर, सरस्वती माध्यमिक विद्यालय चैनपुर, सिँहेश्वरी मावि जलजला, जलजला मावि बिहीबारे, शारदा मावि चैनपुर पोखरी, त्रिवेणी मावि स्रोत केन्द्र, वाना मावि स्रोतकेन्द्र, सरस्वती मावि स्रोतकेन्द्रअन्तर्गतका विद्यालयले शनिबारबाहेकका अन्य दिन पनि बिदा गर्ने गरेको पाइएको छ । साथै उनीहरुले शुक्रबार अतिरिक्त क्रियाकलाप नगरी बिदा गर्ने गरेको विद्यालय निरीक्षक बासु कोइरालाले बताए । शिक्षा ऐनविपरीतका काम गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

 

प्रतिक्रिया