कक्षा १ देखि ५ सम्म पढाई हुने हाम्रा कतिपय प्राथमिक विद्यालयहरुमा २२ जना विद्यार्थी र २ जना शिक्षक छन् । आफ्नो पेशा प्रति वफादार लगनशिल योग्य र तालिम प्राप्त शिक्षक भए त विद्यार्थी केन्द्रित, वालमैत्री, क्रियाकलामा आधारित, बहुकक्षा शिक्षण विधि अवलम्वन गर्न सक्ने १ जना शिक्षक पनि विद्यार्थीको अनुपातमा पर्याप्त हो । तर विडम्वना न त हाम्रा कक्षा कोठा त्यस किसिमका छन्, नत हाम्रा शिक्षकलाई त्यस किसिमको योग्यता, तालिम, उत्प्रेरणा र शिक्षण पेशावाट मात्रै आफू र परिवारको खाना, नाना र छाना तथा स्वास्थ्य र शिक्षाको लागि आवश्यक तलव र सुविधा नै दिईएको छ ।
यो भन्दा टड्कारो समस्या आधारभूत तहको निमावि र मावि तहको शिक्षक दरवन्दी मिलानमा देखिन्छ । किनकी यसमा विषयगत शिक्षकको आवश्यकता पदर्छ । तर हाम्रा कक्षा १ देखि ८ र १० सम्म पढाई हुने अधिक विद्यालयहरुमा या त निमावि र मावि दरवन्दीका शिक्षक नै छैनन् या १, २ वा ३ जना मात्र छन् । वाध्यताबस सामाजिक पढेकाले गणित र नेपाली पढेकाले अंग्रेजी पढाउनु परेको छ भने विद्यार्थीको सिकाइ उपलव्धिमा सुधार कसरी ल्याउने ? एस एल सी को रिजल्ट कस्तो अपेक्षा गर्ने ? अनी शिक्षाको गुणस्तर खोज्न कहां जाने ?
उदाहरणका लागि म स्वयं कार्यरत नवलपरासीको सर्दी स्रोतकेन्द्रको अवस्था र भोगाई प्रस्तुत गर्न चाहन्छु । यस श्रोतकेन्द्रमा ५० वटा सामुदायिक विद्यालय एउटा धार्मिक र ८ वटा संस्थागत गरी जम्मा ५९ विद्यालयहरु संचालनमा छन । हालैमात्र जिल्ला शिक्षा कार्यालयले दरबन्दी मिलानको प्रारम्भिक चरणको कार्य स्रोतकेन्द्रबाट नै सुरु गर्ने भनी उपलवव्ध गराएको विद्यालयको नाम र ठेगाना, तहगत जम्मा विद्यार्थी संख्या, तहगत मौजुदा शिक्षक दरवन्दी, कायम गर्नुपर्ने शिक्षक दरवन्दी, कटौती गर्नुपर्ने शिक्षक दरवन्दी तथा थप गर्नुपर्ने शिक्षक दरवन्दी सहित भएको फरम्याट उपलब्ध गराएको छ ।
दिईएका उक्त विवरणहरु भर्नका लागि मैले शिक्षा ऐन २०२८ आठौं संशोधन २०७३ एवं शिक्षा नियमावली २०५९ आठौं संशोधन २०७१ समेतलाई आधार बनाएँ । प्रारम्भिक बालबिकास केन्द्रमा १ जना, प्राथमिक विद्यालयमा ५० जनासम्म विद्यार्थी भएमा कम्तिमा २ जना र सो भन्दा बढी भएमा कम्तिमा ३ जना, कक्षा १ देखि ८ सम्म संचालित आधारभूत तहको विद्यालयमा प्राथमिक तहका कम्तिमा ३ जना र निमावि तहका कम्तिमा ४ जना गरि कम्तिमा ७ जना शिक्षक दरवन्दी रहने व्यवस्था गरेको छ । यस्तै कक्षा १ देखि १० सम्म संचालित माध्यमिक विद्यालयमा प्राथमिक तहका कम्तिमा ३ जना निमावि तहका कम्तिमा ४ जना र माध्यमिक तहका कम्तिमा ५ जना गरि कम्तिमा १२ जना शिक्षक दरवन्दी रहने व्यवस्था गरेको छ । कक्षा १ देखि १२ सम्म संचालित माध्यमिक विद्यालयमा प्राथमिक तहका कम्तिमा ३ जना, निमावि तहका कम्तिमा ४ जना र माध्यमिक तहका ८ जना गरि कम्तिमा १५ जनाको शिक्षक दरवन्दी रहने व्यवस्था गरेको छ । भने आधारभूत तहको निम्न माध्यमिक र माध्यमिक तहमा अध्यापन गर्नका लागि विषयगत शिक्षकको आवश्यकता पर्दछ ।
म कार्यरत स्रोतकेन्द्र सेवाक्षेत्रमा नागवेली आकारमा बग्ने सुनही खोला बिनयी खोला अरुणखोला जस्ता खोलाहरुले एउटै गाउँलाई पनि पटक पटक छेकेका छन् । दक्षिणमा चुरे पहाडदेखि उत्तरमा महाभारत पर्वत श्रृंखलाका डांडा पाखाहरुमा अबस्थित स−साना बस्तीहरुमा पनि नेपाल सरकारको “सवैका लागि शिक्षा“ तथा नेपालको संबिधानले प्रत्याभूत गरेको “शिक्षा जनताको मौलिक अधिकार“ लाई साकार पार्न १८−२० जनामात्र वालवालिकाका लागि पनि विद्यालय आबश्यक देखिन्छ । यस्तो अवस्थामा शिक्षक दरवन्दी मिलान समस्याकै रुपमा देखिन्छ ।
गुणस्तरीय शिक्षाको पहिलो सर्तनै विषयगत र उपयुक्त कक्षा शिक्षक अनुपात हो । यो दृष्टिकोण कार्यान्वयन गर्न माथि उल्लेख गरिए अनुसार दरवन्दी मिलान फरम्याट भर्न उति कठिनाई छैन । उक्त आधारमा भर्यो भने कटौती गर्नु पर्ने खासै देखिँदैन । तर थप गर्नु पर्ने बुँदा भने धेरै विद्यालयमा देखिन्छ । ता पनि आवश्यक शिक्षक दरबन्दी अभाव भएको यो अवस्थामा कसरी ब्यवस्था गर्ने भन्ने बारेमा अहिलेको अवस्थामा गाह्रो देखिन्छ । किनकी शिक्षा मन्त्रालयले शिक्षक दरबन्दी दिन छाडेको पनि वर्षौं भर्ईसक्यो ।
विद्यालय शिक्षामा विद्यमान फोहरी खेल र सबै किसिमका बन्द हड्तालवाट पूर्ण रुपमा मुक्त राखी विद्यालयलाई शान्ति क्षेत्र वनाउनु परेको छ । विद्यालय शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिको उचित व्यवस्थापन र परिचालन गरी उत्पादकत्व वढाउन अति आवश्यक छ ।
समाधान के त ?
ढकाल सर्दी स्रोतकेन्द्र नवलपरासीका स्रोत व्यक्ति हुन् ।
प्रतिक्रिया