Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

अस्थायी शिक्षकहरु आन्दोलन गर्ने कि वार्तमा बस्ने भन्ने दोधारमा

आइतबार, १४ कार्तिक २०७३

काठमाडौं १४ कात्तिक/ विभिन्न पेशागत माग राखेर लामो समयदेख आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका अस्थायी शिक्षक र शिक्षा मन्त्रालयबीचको वार्ता स्थागित भएको छ ।
गत बिहीबार नेपाल शिक्षक महासंघको रोहबरमा मन्त्रालयमा वार्ता भएपछि शिक्षक आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत भएका थिए । तर बिहीबार र शुक्रबारको वार्ता असफल भएपछि शिक्षकहरु आन्दोलनलाई निरन्तरता दिने कि फेरि वाताएमा बस्ने दोधारमा परेका छन् ।
अस्थायी शिक्षक आन्दोलन संघर्ष समितिका संयोजक निरेन्द्र कुँवरले वार्ताबा कुनै निष्कर्ष ननिस्केपछि अब के गर्ने भन्ने विषयमा तिहारपछि निर्णय गरिने बताए ।

शिक्षक वार्ता स्थगित शिर्षकमा अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

 

प्रतिक्रिया