Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

अस्थायी शिक्षकको संख्या २६ हजार धेरै, कुन जिल्लामा कति ?

शुक्रबार, १२ कार्तिक २०७३

काठमाडौं -  देशभर अस्थायी शिक्षकको संख्या २६ हजार १ सय १४ रहेको छ । नयाँ शिक्षा ऐनले अस्थायी शिक्षक ब्यवस्थापनको नीति अख्तियार गरेसंगै शिक्षा विभागले तथ्याङ्क संकलन गरेर अद्यावधिक गरेको हो ।

एडुखबरलाई प्राप्त विभागको पछिल्लो तथ्याङ्क अनुसार सबै भन्दा धेरै प्राथमिक विद्यालय तहमा मात्रै १८ हजार ६ सय ८२ अस्थायी शिक्षक छन् ।  यी मध्ये सबै भन्दा धरै अस्थायी शिक्षकको नियुक्ति २०४९ साल पुस २० गते देखि ०६१ साल साउन २१ गते सम्म भएको हो ।

अस्थायी शिक्षक ब्यवस्थापन तीन तहका आधारमा गर्ने ऐनले गरेको ब्यवस्था अनुसार  विभागले यो अवधि सहित २०४९ साल भन्दा अघि र २०६१ साल देखि संविधान जारी हुनु भन्दा अघिल्लो दिन अर्थात् २०७२ असोज २ गते सम्म नियुक्त भएका शिक्षकको लगत संकलन गरी अद्यावधिक गरेको हो ।

जस अनुसार निम्न माध्यमिक तहमा ४ हजार ९ र माध्यमिक तहमा ३ हजार ४ सय २३ अस्थायी शिक्षक रहेका छन् ।

विकास क्षेत्रका आधारमा हेर्ने हो भने सबै भन्दा धेरै पश्चिमाञ्चलमा ७ हजार २ सय १२, मध्यमाञ्चलमा ६ हजार ८ सय ६२, पूर्वाञ्चलमा ६ हजार १ सय ८९, मध्यमाञ्चलमा ३ हजार ६ सय १० र सुदुरमा २ हजार २ सय ४१ जना अस्थायी शिक्षक रहेको उक्त विवरणमा उल्लेख छ ।  

प्रावि तहमा सबै भन्दा धेरै पश्चिमाञ्चल क्षेत्रमा ५ हजार ६२ अस्थायी शिक्षक छन् । यस्तै मध्यमाञ्चलमा ४ हजार ८ सय ७३ पूर्वाञ्चलमा ४ हजार ५ सय १, मध्यपश्चिममा २ हजार ६ सय ६५ र सुदुरमा १ हजार ५ सय ८१ जना अस्थायी शिक्षक प्राथमिक तहमा रहेका छन् ।

यसैगरी निमावि तहमा सबै भन्दा धेरै मध्यमाञ्चलमा १ हजार ७४, पश्चिमाञ्चलमा १ हजार ५९, पूर्वाञ्चलमा ९ सय ७५, मध्यपश्चिममा ५ सय ३१ र सुदुर पश्चिममा ३ सय ७० अस्थायी शिक्षक रहेका छन् ।
माविमा भने पश्चिमाञ्चलमै सबै भन्दा धेरै १ हजार ९१ जना अस्थायी शिक्षक रहेका छन् । यसैगरी मध्यमाञ्चलमा ९ सय १५, पूर्वाञ्चलमा ७ सय १३, मध्यपश्चिममा ४ सय १४ र सुदुरमा २ सय ९० अस्थायी शिक्षक रहेको विवरण विभागले अद्यावधिक गरेको छ ।

जिल्लागत रुपमा हेर्ने हो भने सबै भन्दा धेरै अस्थायी शिक्षक भएको जिल्ला तनहुँ भएको छ । तनहुँमा प्राविमा मात्रै ६ सय १२ जना अस्थायी शक्षिक छन् । यस्तै प्राविमा सबै भन्दा धेरै अस्थायी शिक्षक भएका पाँच जिल्लामा तनहुँ सहित मोरङ् ५ सय ४९, स्याङ्जा ५ सय ३७, चितवन ५ सय र कास्कि ४ सय ९२ जना छन् ।

यसैगरी निमाविमा धेरै अस्थायी शिक्षक भएका पहिलो पाँच जिल्ला मध्ये काठमाडौं १ सय ९६, स्याङ्जा १ सय १६, तनहुँ १ सय १२ मोरङ् १ सय ४ र कास्कि १ सय ३ जना छन् । माविमा काठमाडौंमा ३ सय ९६, काभ्रे ३ सय ६५, खोटाङ् र भोजपुर ३ सय ६४ ईलाम ३ सय १५ र पाँचथरमा ३ सय १० जना अस्थायी शक्षिक रहेका छन् ।

कुन जिल्लामा कति अस्थायी शिक्षक ?

 

जिल्ला प्रावि निमावि मावि
कञ्चनपुर १२९ २९ २२
डोटी २२६  ४१  ३३
कैलाली १६७ ५३ ४३
बाजुरा १०० ३६ १६
अछाम २०८ ५८ ३४
दार्चुला १५३ ३० ३१
बैतडी २७६ ७२ ५९
डडेल्धुरा  १६६ ५० २४
हुम्ला ९८ १९
दैलेख २४९ २४ ३५
बाँके १४०  ५४  ४१
डोल्पा  १०३ १४ १०
रुकुम  १९३ ३६  २९
मुगु ९३ १८ १९
सुर्खेत ३३९  ६७  ४३
जुम्ला १४९ ४८ २९
दाङ् २७२ ७०  ५७
जाजरकोट २३० ३२ २२
रोल्पा  ३०१ ४१  २२
प्यूठान  १९०  ४१  ४०
सल्यान २६५  ३१  ३७
बर्दिया १७३  ४३  ४९
कालिकोट १३५  २४  १२
रुपन्देही २६५ ५७ ३४
पर्वत  ३२३ ७९  ६२
कास्कि ४९२ १०३ १०६
कपिलबस्तु १६७ २३ २३
तनहुँ ६१२  ११२  ९०
म्याग्दी २६०  ५३ ४१
गुल्मी ३७३ ७६  ५५
गोरखा ४५४ ८८  ६८
अर्घाखाँची २५१  ४० २५
मुस्ताङ् ६७  १३ १०
स्याङ्जा ५३७  ११६  ५९
मनाङ् ३९ १२  ३
नवलपरासी  ३२९  ४४  ३७
पाल्पा ४५४ ८६   ७५
बाग्लुङ् ६१  ६८  ३६६
लमजुङ् ३७८ ८९ ६३
दोलखा २४०  ३४ ३३
रामेछाप २१६  ५७  ३९
सिन्धुली  २०७ ४८ ३८
धनुषा २३२  ४१ ६८
महोत्तरी  २२६ ३४  ३६
सर्लाही २३२ ६४ ३८
रौतहट  १७२  ३५  ५१
बारा १३९ ५०  ३३
पर्सा  २६६  ३७ ३०
मकवानपुर  ३०३  ४७  ४५
चितवन ५००  ८१  ५८
रसुवा  ९८  १२  ७
धादिङ् ३७५  ६०  ३९
नुवाकोट  ३१३ ५४  ४७
सिन्धुपाल्चोक   ३०७ ५० ३६
काभ्रे ३६५  ७०  ८८
भक्तपुर १३६  ६१ ३८
ललितपुर १५०  ४३ २३
काठमाडौं  ३९६ १९६  १६८
उदयपुर  १९५ ४०  २७
ओखलढुङ्गा  २२२  ५२ २२
सिराह  १६७  २० २७
खोटाङ् ९० ५०
सोलु २१६ ४५ ५०
ताप्लेजुङ  २४६ ७३  ३९
धनकुटा २६६  ४६  ४६
सप्तरी १३४  २६  ४२
तेह्रथुम १७१  ६० ४२
झापा  ४८६ ९७  ८५
सुनसरी  २१५  ८१ ५२
पाँचथर  ३१०  ६१ ३४
ईलाम  ३१५ ४८  ३४
संखुवासभा २८१  ६१  ४८
मोरङ ५४९ १०४ ५८
भोजपुर ३६४ ७१  ५७

प्रतिक्रिया