Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

शिक्षक अन्तर्वार्तामा अनुपस्थित हुनेको संख्या न्यून

बुधबार, १० कार्तिक २०७३

भक्तपुर - स्थायी शिक्षकको लागि जारी अन्तर्वार्तामा अनुपस्थित हुनेको संख्या न्यून रहेको शिक्षक सेवा आयोगले जनाएको छ । अन्तर्वार्ताका लागि १ हजार ५० जना छनौट भएकामा अहिले सम्म ६ जना मात्रै अनुपस्थित रहेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

आयोगले पहिलो पटक केन्द्रमै अन्तर्वार्ता लिने निर्णय गरेकोले टाढा टाढाबाट आउने उम्मेद्वारलाई कठिन हुँदा संख्या घट्ने अड्कल काटिएको थियो । अधिकृत स्तरको अन्र्तवार्ता भएकोले केन्द्रमा गर्दा प्रभावकारी हुने ठहर सहित आयोगले केन्द्रमै अन्तर्वार्ता तोकेको थियो ।

'केन्द्रमा भएको कारण अन्तर्वार्तामा सहभागि उम्मेद्वारहरु बरु धेरै खुसी भएको हामीले पायौं' मरहठ्ठाले भने, 'अन्तर्वार्तामा बस्नेहरु को हुन् भन्ने पनि थाह नहुने र उनीहरुले पनि हामीलाई नचिन्ने हुँदा प्रभाव कम पर्ने लागेको उम्मेद्वारहरुले हामीलाई प्रतिकृया दिएका छन् ।'

विभिन्न १४ विषयका ६ सय १२ पदका लागि आयोगले गत असारमा लिएको लिखित परीक्षाको नतिजा गत असोज ४ गते दखि सार्वजनिक हुन थालेको थियो । लिखितको नतिजा सार्वजनिक भएसंगै गत कात्तिक १ गतेबाट अन्तर्वार्ता शुरु भएको हो । बुधबार अंग्रेजी विषयको सकिएपछि बाँकी २ दिनमा बाँकी रहेका दुई विषय नेपाली र सामाजिकको सक्ने आयोगको तयारी छ ।

शुक्रबार अन्तर्वार्ताका सबै कार्यक्रम सकिने छ ।

प्रतिक्रिया