Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

मैले त लेख्न जाने, तपाईले नि !

आइतबार, १७ साउन २०७२

भक्तपुर १७ साउन / ‘मेरो नाम नानीछोरी कायस्थ । म ८० बर्षको भएँ । म भक्तपुरको  सिरुटार बस्छु । प्रौढ कक्षा पढेर मैले नाम लेख्न जाने । म राम्ररी अक्षर चिन्न सक्छु । मैले त लेख्न र पढ्न जाने । तपाईंहरु पनि पढ्नुहोस् ।’

यो भनाई गत वर्ष साक्षरता कक्षामा सहभागि नानीछोरी कायस्थको हो । भक्तपुरको अनन्त लिंगेश्वर नगरपालिका साक्षर घोषणा कार्यक्रमको उद्घाटनमा उनले यो मन्तब्य दिदैँ गर्दा सबैले उनको पढ्ने इच्छाको प्रशंसा गरे ।

कार्यक्रम उदघाट्न अन्यत्र जस्तो पानसमा बत्ती बालेर गरिएको थिएन । यि बृद्धलाई आफ्नो नाम ह्वाइट बोर्डमा लेखाएर उद्घाटन गरियो । साक्षर नगरपालिकाका स्थानीय बासिन्दा  एवं उद्योग मन्त्री महेश बस्नेतले पनि ब्यानरमा आफ्नो हस्ताक्षर गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।
साक्षरता कार्यक्रम असफल भयो भन्ने पनि छन् । तर, नानीछोरी जस्ता बृद्धा र १५ देखि ६० वर्ष उमेरका बृद्ध बृद्धालाई अक्षर चिन्ने मौका पनि दिएको छ । यस्ता कक्षा कतिपय ठाउँमा प्रभावहिन पनि छन् । तर, उनले ह्वाइट बोर्डमा आफनो नाम र उमेर प्रष्ट लेखिन् । नाम लेख्दा उनलाई कसैले यसो गर्नुस् उसो गर्नुस् भनेर सिकाउनु परेन । नाम लेखेपछि पढेर पनि सुनाइन् ।

 

अनन्त लिंगेश्वर नगरपालिकामा ३७ हजार ९ सय ८९ जनसंख्या मध्ये ३७ हजार ९८ जना साक्षर रहेको जिल्ला शिक्षा कार्यालय भक्तपुरले जनाएको छ । यस अनुसार २.६४ प्रतिशत एवं ८ सय ९० जना निरक्षर रहेको घोषणा कार्यक्रममा सार्वजनिक गरियो । ८ सय ९० जनालाई एक बर्षभित्र साक्षर गराउने नगरपालिकाले प्रतिबद्धता जनाएको छ ।

भक्तपुरमा यो सहित चार नगरपालिका साक्षर घोषणा भइसकेका छन् । यसमा मध्यपुर ठिमी, सूर्य विनायक, महामञ्जुश्री नगरकोट छन् । अब भक्तपुर र चाँगु नगरपालिका मात्रै साक्षर घोषण हुन बाँकी छ ।

प्रतिक्रिया