Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

युवा पुस्ता अध्ययनको लागि विदेशीदै

सोमबार, ०८ कार्तिक २०७३

काठमाडौं ८ कात्तिक / चीनमा हालका युवा पुस्ताहरु अध्ययनका लागि विदेशीने गरेका छन् । चीनको ‘नेशनल एजुकेशन पोर्टल साईट’ हालै सार्वजनिक गरेका एक प्रतिवेदनमा सो जानकारी दिइएको छ । सार्वजनिक भएको सो प्रतिवेदनकाअनुसार गत बर्ष चिनियाँ स्नातक स्तर का ४२ प्रतिशत विद्यार्थीले अमेरिकामा अध्ययन गरेका छन् । विदेश गएर उच्चशिक्षा लिने चिनियाँ विद्यार्थीहरुको संख्या अत्याधिक बढ्दै गईरहेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१५ मा झण्डै ५ लाख २० हजार विद्यार्थीले विदेशमा गएर पढेका छन् भने सन् २०१६मा त्यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
विदेश गएर पढ्न चाहने चिनियाँ विद्यार्थीहरु मध्ये अधिकांशको गन्तव्य अमेरिका हुने गरेको छ । सो प्रतिवेदनका अनुसार सन् २०१६ मा मात्र अमेरिकामा तीन लाख २३ हजार भन्दा बढी विद्यार्थी गएका छन् ।

नयाँ पत्रिकामा प्रकाशित खबर ।

 

प्रतिक्रिया