Edukhabar
सोमबार, ०३ मंसिर २०८१
गतिविधि

विद्यालय बनाउन महायज्ञ

बुधबार, ०३ कार्तिक २०७३

बाग्लुङ् - २०७२ सालको भूकम्पले क्षतिग्रस्त विद्यामन्दिर उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि आवश्यक श्रोत जुटाउन सप्ताहव्यापी ज्ञान महायज्ञ सुरु गरिएको छ । बुधबारबाट शुरु महायज्ञको पूर्वराज्यमन्त्री तथा विद्यालय संस्थापक परिवारका सदस्य ऊँ कार प्रसाद गौचन लगायत २३ जना चन्दादाताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

धार्मिक तथा शैक्षिक महोत्सव नाम दिइएको उक्त महायज्ञमा गोविन्दशरण र मीरा दिदीले संयुक्त रुपमा प्रवचन दिने विद्यालयका प्रधानाध्यापक जगन्नाथ आर्चायले जानकारी दिए । उद्घाटन अघि कालीगण्डकी नदीबाट कालिका मन्दिर हुँदै विद्यालयसम्म कलशयात्रा गरिएको थियो । कलशयात्रामा अभिभावक तथा श्रद्धालुहरुको सहभागिता थियो ।

विद्यालयले २५ कोठे भूकम्प प्रतिरोधी भवन निर्माण गरिरहेको छ । त्यसका लागि आवश्यक पर्ने रकमको जोहो महायज्ञबाट गर्ने लक्ष्य लिएको महायज्ञ मूल समारोह समितिका उपमहासचिव बाबुडियर हमालले बताए । महायज्ञ कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया