Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

बंगलादेशका ८ कलेजमा पढ्न रोक

बुधबार, ०३ कार्तिक २०७३

काठमाडौं ३ कात्तिक / शिक्षा मन्त्रालयले बंगलादेशका आठ शैक्षिक संस्थामा अध्ययन गर्न अनुमति नदिने भएको छ । बंगलादेशको शिक्षा मन्त्रालयले अवैधानिक घोषणा गरेका चार विश्वविद्यालय र निलम्बन गरेका चार मेडिकल कलेजमा अध्ययन गर्न मन्त्रालयले अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) नदिने निर्णय गरेको हो । मन्त्रालयले  त्यहाँका अवैध मानिएका इन्टरनेसनल इस्लामिक, चित्तगाउँ, बीजीसी ट्रस्ट, आईबीएआईए र क्यूइन्स विश्वविद्यालय तथा निलम्बित नर्थन, सिटी, नाइटिंगेल र बीजीसी ट्रस्ट मेडिकल कलेज सरकारले अनुमति नदिने जनाएको छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

 

प्रतिक्रिया