Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

समाहित शिक्षाकाे परिभाषा महत्व र प्रयाेग

मंगलबार, २९ बैशाख २०७२
Ayodhya Bhattarai

शिक्षामा समाहित शिक्षाको प्रयोग केही अघि देखि नै हुँदै आएको भएता पनि सन् १९९४को स्पेनको सालमाङ्का सम्मेलनले यसलाई व्यापक बनाउने काम गर्‍यो। सन् १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणापत्रले अधिकारमुखी अवधारणलाई अघि सार्‍यो जसअनुसार सबै बालबालिकाहरुले आधारभूत तहसम्मको शिक्षा निशुल्क र अनिवार्य रुपले हासिल गर्न पाउने कुरा उल्लेख गरियो।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धी र स्वेच्छिक प्रोटोकल २००६ले आफू बसेको समुदायका अन्य व्यक्तिहरु सरह समान आधारमा अपाङ्गता भएका व्यक्तिहरुले पनि शिक्षा पाउनु पर्ने अधिकार व्यक्त गर्‍यो। सन् १९९३ को संयुक्त राष्ट्रसंघको अपाङ्गता भएका व्यक्तिहरुकालागि समानताको नियममा अपाङ्गगता भएका बालबालिकाहरुको शिक्षा, विद्यमान शिक्षा प्रणालीको अभिन्न अङ्ग हुने कुरा व्यक्त गर्‍यो। त्यस्तै बाल अधिकार सम्बन्धी महासन्धीले १८ वर्ष मुनिका सबैलाई अपाङ्गता लगायतका आधारमा भेदभाव गर्न निषेध गर्‍यो।

प्रतिक्रिया