दक्षिण जर्मनीको हाउसबुर्गमा सन् १८९८ मा जन्मेका बर्टोल्ट ब्रेष्ट माक्र्सवादी विचारधाराका लेखक हुन् । सन् १९२० देखि ३० को दशकमा ख्याति कमाएका उनले गीतिनाटक, नाटक, व्यंग्य, काव्य, कविता र कथाहरु लेखे । उनी सन् १९४१ देखि ४७ सम्म अमेरिकामा बसे । द्धितीय विश्वयुद्धपछि उनले अमेरिकी सरकारको तर्फबाट समाजवादी राजनीतिक विश्वासका कारण बढ्दो शासनको मार सहनुपरेको थियो । यसै अवधिमा उनले लेखेको नाटक साहसी आमा र तिनका केटाकेटी (१९४३), सेचुआंको असल मान्छे (१९३८–४०), ग्यालिलियोको जीवनी (१९४३) र ककेशसको श्वेतरेखा (१९४८) उत्कृष्ट र प्रख्यात छन् । सन् १८५६ मा निधन भएका उनै बर्टोल्टको अनुदित कविता यो साताको शिक्षा साहित्यमा :
तिमी
स–साना कुराहरुदेखि सिक,
तिमीसँग सिक्ने समय छ
फेरि यता सिक्न धेरै समय पनि लाग्दैन ।
आफ्नो क, ख ग देखि सिक ।
समय कम छ,
तर पनि सिक– निराश नहोऊ ।
आजदेखि सुरु गर,
तिमीले धेरै चीज जान्नुपर्दछ,
किनकि
तिमीले पछि गएर नेतृत्व गर्नुपर्दछ ।
निर्वासित मानिसलाई पढ
कैदी मानिसलाई पढ
भान्छे बुढी आमौलाई पढ
साठी सालका बुढा बालाई पढ
तिम्रो घरबार छैन
त्यसैले, स्कूल बाहिर पनि पढ
तिमी काँप्छौं आफ्नो बुद्धिलाई तिखो पार ।
भोको मानिस किताब लेऊ त्यो एउटा हतियार हो ।
किनकि तिमीले पछि गएर नेतृत्व लिनुपर्दछ ।
कसैसँग पनि सोध्न नडराऊ,
कसैको कुरामा नबिकिऊ
आफ्नो मित्रहरुलाई सहयोग गर ।
उनीहरुले पनि तिमीलाई सहयोग गर्नेछन्,
त्यसैले आफ्नो सूचनामा वृद्धि गर
त्यसका लागि तिमीले नै मूल्य चुकाउनुपर्दछ ।
हरेक चीजमा रुचि लेऊ
अनि सोध यो कहाँबाट आयो ?
किनकि तिमीले पछि गएर नेतृत्व लिनुपर्दछ ।
प्रतिक्रिया