काठमाडौं - शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षा ऐन संशोधन नहुने बताएका छन् । शिक्षकका सवालमा ऐन अपूर्ण भएको भन्दै संशोधनको माग गर्दै आएको शिक्षक महासंघले नै आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले ऐन संशोधन नहुने बरु छुटेका कुरा नियमावली मार्फत् सम्बोधन गर्ने बताएका हुन् ।
स्थायी शिक्षकका लागि गोल्डेन ह्याण्डसेक, वैकल्पिकमा उत्तीर्ण शिक्षकको मुद्धा र अपाङ्ग शिक्षकको १५ बर्षे अनिवार्य अवकासको मुद्धा छुटेको भन्दै महासंघले उक्त कुरा ऐनमा राख्न माग गर्दै आएको छ । यस्तै शिक्षक सरुवा तथा दलको कार्यकारीणि पदमा बस्न नपाईने विषय संशोधनको माग गर्दै मन्त्रीलाई यस अघिनै उसले ज्ञापनपत्र बुझाईसकेको छ ।
मन्त्री पौडेलले महासंघका माग नियमावली मार्फत् सम्बोधन गर्ने बताए पनि कसरी भन्ने बारेमा भने स्पष्ट खुलाएनन् ।
नियमावली बनाउने काममा मन्त्रालय गम्भिर भएको मन्त्री पौडेलले बताए पनि राजनीतिक सहमती विना उक्त काम नटुङ्गिने भन्दै नियमावली मस्यौदा समितिले मन्त्रीको बाटो कुरीरहेको खवर सार्वजनिक भईसकेको छ ।
पढ्नुहोस् : शिक्षा नियमावली : समिति कुर्छ मन्त्रीको बाटो, मन्त्री अन्तै ब्यस्त
कार्यक्रममा बोल्दै उनले धेरै थरी शिक्षक हाम्रै ब्यवस्थाले बनाएको भन्दै शिक्षकका सबै खाले समस्या समाधानमा विधि र प्रकृया अवलम्बन गेर कार्यान्वयन गर्ने बताए । 'हामी संग १७ थरी शिक्षक छन्, यो अरुले बाहिरबाट ल्याएर थुपारेको हैन' उनले भने 'जति पनि शिक्षक छन् ती सबै हाम्रै प्रणालीबाट बनेका हुन् ।'
ऐन जारी भएपछि कतिपय जिल्ला शिक्षा कार्यालयहरुबाट भएका कार्यसम्पादनमा तालमेल नमिलेको भन्दै उनले कुनै अमूक परिपत्र देखाएर ऐनलाई कार्यान्वयन गर्न जिल्ला शिक्षा अधिकारीहरु पछि हटेको खबर आफूले पाएको समेत बताए । दुईथरी कार्य भएको कुराले पारेका समस्या समाधनमा मन्त्रालय गम्भिर रहेको उनले बताए ।
उक्त कार्यक्रमबारेको खबर पढ्नुहोस् : शिक्षकका नेताले दिए शिक्षा मन्त्रीलाई होमवर्क
प्रतिक्रिया