Edukhabar
बुधबार, १२ मंसिर २०८१
गतिविधि

प्राध्यापकलाई जीवन निर्वाह कै पिरलो

शुक्रबार, १४ असोज २०७३

काठमाडौं - प्राध्यापकहरुलाई जीवन निर्वाह गर्नसक्ने सेवा सुविधाको प्रबन्ध गर्न माग गर्दै प्राध्यापक संघले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष रामेश्वर उपाध्यायको नेतृत्वमा शुक्रबार प्रधानमन्त्रीलाई भेट्न गएको टोलीले प्राध्यापकहरुको मर्यादाक्रम निर्धारण गर्न, स्वास्थ्य बीमाको व्यवस्था गर्न, छाता ऐनको व्यवस्था गर्न, विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता र स्वायत्तताको विकास गर्न र प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्राध्यापकको कुरा सुनेपछि प्रधानमन्त्री दाहलले प्राज्ञिक उनन्नयन राष्ट्रको प्रगति र विकासको पूर्वसर्त भएको बताउँदै शिक्षाको आमूल सुधारका लागि शिक्षा क्षेत्रमा लगानी बृद्धि, विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास र प्राज्ञिकहरुको सम्मान आवश्यक रहेको बताए ।

उनले विश्वविद्यालयको प्राज्ञिक उन्नयन, विकास र गुणस्तरका लागि विश्वविद्यालय छाता ऐन आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया