Edukhabar
बुधबार, १२ मंसिर २०८१
गतिविधि

मावि तहदेखि नै प्राविधिक शिक्षा लागू गर्न विभागका महानिर्देशकको जोड

शुक्रबार, १४ असोज २०७३

भक्तपुर– शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले माध्यमिक तह देखि नै प्राविधिक शिक्षा लागू गर्नु पर्नेमा जोड दिएका छन् ।

भक्तपुरको  श्रीपद्म उमावि/कलेजले आयोजना गरेको छात्रबृति वितरण कार्यक्रममा उनले नेपालको शिक्षा निति नै परिवर्तन गरेर माध्यमिक तहदेखि नै व्यवहारिक रुपमा लागू हुने प्राबिधिक शिक्षामा जोड दिएका हुन् ।

कार्यक्रममा उनले सो विद्यालयमा अध्ययनरत २ सय ३२ जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेका थिए । शिक्षा मन्त्रालय अन्तर्गतको दलित, छात्रा, जेहेन्दार छात्रवृत्तिले विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुगेको र अभिभावकहरु लाभान्वित भएको विद्यालयका प्राचार्य राम हाडाले जानकारी दिए ।

कार्यक्रममा भक्तपुर जिल्लाका जिशिअ अर्जुन रायमाझि *, स्रोतव्यक्ति सरोजकुमार दत्त, विद्यालय निरीक्षक सविता बरालको उपस्थिति थियो । कार्यक्रम विव्यस अध्यक्ष अनन्त धौभडेलको सभापतित्वमा भएको थियो ।

* सच्याईएको - संं.

प्रतिक्रिया