Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

सामुदायिक विद्यालयमा ई–लाइब्रेरी

शुक्रबार, १४ असोज २०७३

काठमाडौं १४ असोज / जिल्लामा नै पहिलोपटक सामुदायिक विद्यालयमा ई–लाइब्रेरी स्थापना गरिएको छ । नेपाल लाईब्रेरी फाउण्डेशनको प्राविधिक सहयोग र भूतपूर्व विद्यार्थी समाजको पहलमा आर्थिक अभियान सङ्कलन गरी सुन्दरबजार नपास्थित आदर्श वाल माविमा ई–लाइब्रेरी स्थापना गरिएको हो । विद्यालयका प्रअ रामकृष्ण भण्डारीका अनुसार विद्यालयमा हाल १० ओटा कम्प्युटरमा ई–लाईब्रेरी जडान गरिएको छ ।

लाइब्रेरी जडानका लागि २० ओटा कम्प्युटर खरीद गरी आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन भएको छ । विद्यालयमा ई–लाइब्रेरी स्थापना गरी नमूनाको रुपमा अगाडी बढाउनका लागि काम भईरहेको प्रअ भण्डारीले बताए । उनले भने, ‘कम्प्युटर खरीद गरी ई–लाइब्रेरी स्थापनामा छ लाख रूपैयाँ खर्च भएको छ, ई–लाईब्रेरी र सिसिटिभी जडान लगायतका काम गर्न आर्थिक सहयोग सङ्कलन भैरहेको छ ।’ हालसम्म विदेशमा रहेका नेपाली र स्वदेशमै रहेका भूतपूर्व विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाइरहेका छन् ।

विद्यालयमा रहेको अर्को लाइब्रेरी र ई–लाइब्रेरीलाई एउटै कोठामा सञ्चालन गर्ने गरी काम अगाडी बढिरहेको विद्यालयले बताएको छ । हाल उक्त विद्यालयमा १० ओटा कम्प्युटरमा ई पुस्तकालय र १० ओटा अन्य कम्प्युटरमा ईमेल इण्टरनेटको व्यवस्थासहित अध्ययन अध्यापन भईरहेको छ । विद्यार्थीहरुको पठनपाठनमा सुधार ल्याउने उद्धेश्यका साथ कक्षा ९ र १० मा सिसिटिभी जडान गरी अध्यापन गराउने तयारी समेत भएको  विद्यालयले बताएको छ । हाल विद्यालयमा प्रोजेक्टरको माध्यमबाट समेत कक्षा सञ्चालन हुँदै आएको छ ।

आर्थिक अभियान दैनिकमा प्रकाशित खबर ।

 

 

प्रतिक्रिया