Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

स्थायी शिक्षक हुन मोवाईल नम्बर सहित चिठी लेख्दा ...

आइतबार, ०९ असोज २०७३

भक्तपुर - माध्यमिक तहको स्थायी शिक्षकका लागि भएको लिखित परीक्षाको उत्तर पुस्तिकामा परीक्षकलाई सम्बोधन गरेर चिठी र मोवाईल नम्बर लेख्ने एक जना परीक्षार्थीको नतिजा रद्ध गरिएको छ । माविको स्थायी शिक्षकको लागि गत असारमा भएको परीक्षा अन्र्तगत सामाजिक विषयका लागि मध्यमाञ्चलबाट सहभागि रोल नं. ०७५०५५४ का परीक्षार्थीको नतिजा रद्ध गरिएको शिक्षक सेवा आयोगले जनाएको छ ।

आफूलाई पास गराईदिन आग्रह गर्दै चिठी र सम्पर्कका लागि नम्बर लेख्नु परीक्षकलाई प्रभाव पार्ने काम भएको भन्दै आयोगले परीक्षा रद्ध गरेको जनाएको छ ।

यस अघि पनि गणित विषयको परीक्षामा मध्यमाञ्चलबाट सहभागि रोल नम्बर ०४०३०६१९ का परीक्षार्थीले परीक्षालाई नै प्रभावित पार्ने गरी उत्तर पुस्तिकामा लेखेको फेला परेपछि आयोगले परीक्षा रद्ध गरेको थियो । 

पढ्नुहोस् : मावि शिक्षक हुन चाहनेको हर्कत, शिक्षक आयोगद्धारा परीक्षै रद्ध

यसैविच मावि स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले आईतबार सुदुर पश्चिमाञ्चल क्षेत्र बाहेक चारै क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेर्नुहोस् : http://www.tsc.gov.np

जस अन्र्तगत पूर्वाञ्चलबाट परीक्षामा सहभागि भएका १६६१ मध्ये १४१३ जना लिखितमा उत्तीर्ण भएका छन् । यस्तै मध्यमाञ्चलबाट २४३५ मध्ये १९१३, पश्चिमाञ्चलबाट १७८० मध्ये १५७१ र मध्य पश्चिमबाट १२३९ मध्ये ११११ जना लिखितमा उत्तीर्ण भएका आयोगले जनाएको छ ।

प्रतिक्रिया