Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

त्रिविले ‘थेसिस’ विकृति रोक्ने

शुक्रबार, ०७ असोज २०७३

काठमाडौं ७ असोज / त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा गरिने शोधपत्र (थेसिस) मा विकृति आएको भन्दै अबदेखि जोकसैलाई अनुमति नदिने भएको छ । शोधकार्य जथाभावी बिक्रीवितरण हुने र एउटै विषयमा एकले अर्कोको नक्कल मात्र गर्ने प्रमाण फेला परेपछि त्रिविले विकृति रोक्ने भन्दै यस्तो निर्णय गरेको हो । त्रिविले प्राध्यापक भीम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय थेसिससम्बन्धी अनियमितता छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

‘विभिन्न सञ्चार माध्यममा देखिएका थेसिससम्बन्धी अनियमितताको छानबिन गरी सत्य, तथ्य पत्ता लगाउन तथा थेसिस सम्बन्धमा गर्नुपर्ने उपयुक्त व्यवस्थाको रायसहितको प्रतिवेदन पेस गर्न,’ समिति गठन गरिएको हो । समितिका सदस्यमा प्राध्यापकहरू लोकनारायण झा, रामबहादुर क्षत्री, आनन्द शर्मा र सहप्राध्यापक गिरिराज त्रिपाठी छन् ।
‘अबदेखि कुन विद्यार्थीलाई कुन विषयका लागि शोध गर्न चाहन्छ र किन चाहन्छ भन्नेबारे किटान गरेर मात्रै शोधकार्य गर्ने/गराउनेतर्फ त्रिविको ध्यान पुग्नेछ,’ उपकुलपति तीर्थराज खनियाँले भने ।

कान्तिपुरमा प्रकाशित खबर ।

 

प्रतिक्रिया