Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

शिक्षकको शव घर पुर्‍याउँन ६ लाख !

बुधबार, ०५ असोज २०७३

काठमाडौं ५ असोज / उपल्लो डोल्पामा मृत्यु भएका एक शिक्षकको शव छ लाख रुपैयाँ खर्च गरी हेलिकप्टरबाट घर पु¥याइएको छ ।

सल्यान दारमाकोट–५ का दशरथ चन्दको शव हेलिकप्टर चार्टर गरी छ दिनपछि घर पु¥याइएको हो । चन्दको जन्डिसका कारण गत भदौ ३० गते मृत्यु भएको थियो । उनी डोल्पाको साल्दाङ– ८ स्थित दशरथ चन्द प्राथमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए ।

शव घर लैजान जिल्ला शिक्षा समितिले तीन लाख, सभासद् धनबहादुर बुढाले एक लाख र साल्दाङ गाविसले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

मौसम खरावीका कारण शव घर लैजान ढिलाइ भएको प्रहरी नायब उपरीक्षक सुमित खड्काकाले जानकारी दिए ।

नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया