Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

विद्यार्थीको मनोबल र हौसला बढाउने उद्देश्यले लक्ष्मी विद्यापदक वितरण

मंगलबार, ०४ असोज २०७३

काठमाडौं ४ असोज / लक्ष्मी ग्रुपद्वारा विद्यार्थीको मनोबल र हौसला बढाउने उद्देश्यले लक्ष्मी हाउसद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्यापदक २०७२ वितरण गरिएको छ ।

लक्ष्मी गु्रपले त्रिभुवन विश्वविद्यालयअन्तर्गत कास्की जिल्लास्थित विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये व्यवस्थापन संकायतर्फ स्नातक र स्नातकोत्तर तहको २०७२ सालको परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गरी तह पार गरेका दुईजना र पोखरा विश्वविद्यालयअन्तर्गत स्नातक तह बीबीए तर्फबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई लक्ष्मी विद्यापदक २०७२ ले पोखरा उद्योग वाणिज्य संघको ३१औं महाधिवेशनको समारोेहमा नगद, पदक तथा प्रशंसापत्रले सम्मानित गरेको हो ।

यस वर्षको लक्ष्मी विद्यापदक २०७२ पाउनेमा पृथ्वीनारायण बहुमुखी क्याम्पस स्नातकोत्तर तहका छात्र लक्ष्मण कुँवर, स्नातक तहतर्फ जनप्रिया बहुमुखी क्याम्पसका छात्र कृष्णमुरारी पौडेल र पोखरा विश्वविद्यालयअन्तर्गत कास्की जिल्लास्थित पोखरा कलेज अफ म्यानेजमेन्ट तहका छात्र नवराज भण्डारीले सर्वोत्तम अंक प्राप्त गरी सम्मानित भएका छन् ।

सम्मानित हुनेमध्ये स्नातकोत्तर तहलाई २५ हजार रुपैयाँ र स्नातक तहलाई १५ हजार रुपैयाँसहित चाँदीको तक्मा र प्रशंसापत्र दिइएको छ । सम्मानित हुनेहरूलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र लक्ष्मी ग्रुपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठले संयुक्त रूपमा वितरण गरे । २०३० सालमा स्थापित लक्ष्मी गु्रपले कन्फेक्सनरी, डेरी, प्लास्टिक्स र ट्रेडिङ कम्पनीहरू सञ्चालन गर्दै आएको छ ।

राजधानीमा प्रकाशित खबर ।
 

प्रतिक्रिया