Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

जब छात्रको शब भेटियो......

आइतबार, ०२ असोज २०७३
काठमाडौं २ असोज / कास्मिरको श्रीनगरमा एक किशोको मृत्युपछि शनिबारदेखि पुनः कफ्र्यु लगाइएको छ । भारत प्रशासित कास्मिरको श्रीनगरको हारवा इलाकामा एक १६ वर्षीय छात्रको शब भेटिएको हो । स्थानीय १६ वर्षीय छात्र माजिद जहाँगिरको शब गोली लागेको अवस्थामा भेटिएको हो । शब भेटिएपछि कास्मिरमा पुनः हिंसात्मक गतिविधि पुनः बढेको हो । शुक्रबारको नमाज पढेर फर्किने बेलामा सुरक्षाकर्मी र स्थानीय युवाबीच भएको झडपमा प्रहरीले गोली चलाएको थियो । उनका बाबु मोहम्मद सफी काजीले आफ्ना छोरालाई सोही भिडबाट सुरक्षा फौजले पक्राउ गरेर लगेको र पछि शब भेटिएको जनाएका छन् । प्रहरीले भने ती छात्रको किन र कस्तो परिस्थितिमा भयो भन्ने बारेमा छानविन भइरहेको बताएको छ । छात्राको प्रहरीले हत्या गरेपछि स्थानीयबासीले प्रदर्शनलाई तिव्रता दिएका छन् । सो प्रदर्शनलाई मध्यनजर राख्दै मध्य कास्मिर र कुलगाममा कफ्र्यु जारी गरिएको हो । यसैबीच स्थानीय आन्दोलनकारीले आगामी सेप्टेम्बर २२ सम्म आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् । कास्मिरमा झण्डै साढे दुई महिनाअघि हिजबुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीको हत्यापछि कास्मिर अहिले सम्म तनावग्रस्त रहेको छ । कास्मिरमा प्रहरीको गोली लागेर हालसम्म ८५ जनाभन्दा बढीको मृत्यु भइसहेको छ भने हजारौं घाइते भएका छन् । आन्दोलनलाई मध्यनजर गर्दै लागु गरिएको कफ्र्यु अझै जारी छ भने व्यापारिक प्रतिष्ठान र पेट्रोलपम्प समेत बन्द रहेका छन् । बन्दका कारण स्कुल, कलेज, यातायात ठप्प छ । राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया