Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएको नौ महिनामै अख्तियारको फन्दामा

शुक्रबार, ३१ भदौ २०७३

काठमाडौं - चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय ट्रोमा सेण्टर, काठमाण्डौमा मेडिकल अधिकृतका रुपमा कार्यरत सन्तोष कुमार झाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको फेला परेको छ ।

जागिर खान उनले पेश गरेको आईएस्सी तहको शैक्षिक योग्यताको प्रमाणपत्र झुठ्ठा  भएको दावि सहित अख्तियारले मुद्धा हालेको छ । उक्त प्रमाणपत्रकै आधारमा एमवीवीएस अध्ययन गरेको, नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त गरेको र सरकारी सेवामा नियुक्ति लिएको उजुरीको आधारमा अनुसन्धान तथा छानविन हुँदा दोषि पाईएको अख्तियारले जनाएको छ ।

झा गत बर्ष मंसिर ९ गते गते देखि राष्ट्रिय ट्रोमा सेन्टर, काठमाण्डौमा मेडिकल अधिकृत पदमा नियुक्त भएका थिए । उक्त पदमा बहाल हुने र सो हैसियतले लाभ सुविधा लिने उद्देश्यले ईण्टरमिडियट एजुकेशन काउन्सिल पटना भारत अन्र्तगतको रामनिरंजन जनता महाबिद्यालय, रामपुर – मधवापुर (मधुवनी) बाट सन् १९९४ मा आईएस्सी उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ ।

प्रतिक्रिया