Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

दुई हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

शुक्रबार, ३१ भदौ २०७३

काठमाडौं ३१ भदौ /गोरखाका विभिन्न सरकारी विद्यालयमा पढ्दै आएका विद्यार्थीको बिहीबार निःशुल्क मुटु परीक्षण गरिएको छ ।

नेपाल हर्ट फाउन्डेसन गोरखाले दशकिलोस्थित महेन्द्र मावि र आहालेस्थित सरस्वती माविका दुई हजारजना विद्यार्थीको मुटुको परीक्षण गरेको हो । मुटु परीक्षणका क्रममा दुईजना विद्यार्थीको मुटुमा समस्या देखिएको छ ।

उनीहरुको उपचारका लागि तीन लाख रुपैयाँ लाग्ने र फाउन्डेसनले निःशुल्क उपचार गरिदिने तयारी गरेको जिल्ला अध्यक्ष दिलबहादुर बस्नेतले जानकारी दिनुभयो । फाउन्डेसनले आज सदरमुकामको बालमन्दिर मावि, महेन्द्रज्योति माविका बिद्यार्थीको निःशुल्क मुटुको परीक्षण गर्ने फाउन्डेसनका सचिव पवनरमण खनालले बताउनुभयो । यस्तै, स्वास्थ्य संस्थाका प्रमुखलाई टन्सिल र मुटुसम्बन्धी विभिन्न जानकारी दिन आज जनस्वास्थ्य कार्यालयको समन्वयमा तालिम आयोजना गरिएको खनालको भनाइ छ । वीर अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी नेतृत्वको तीन सदस्यीय टोलीले विद्यार्थीको मुटु परीक्षण गरेको थियो ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया