Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

माविको नतिजाबारे प्रश्नको ओईरो : कहिले गर्छ शिक्षक आयोगले रिजल्ट ?

बुधबार, २९ भदौ २०७३

भक्तपुर - शिक्षक सेवा आयोगले माध्यमिक तहको स्थायी शिक्षकको लागि गत असारमा लिएको परीक्षाको परीक्षाफल असोजको दोश्रो साता भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले गत असार ४ गते परीक्षा लिएको थियो । उक्त परीक्षाको नतिजा कहिले आउँछ ? भन्ने बारेमा एडुखबरमा सयौं प्रश्न आएका छन् ।

उक्त प्रश्नको उत्तर खोज्ने क्रममा आयोग श्रोतबाट प्राप्त सूचना अनुसार अहिले परीक्षार्थीको कापी परिक्षण सकेर रुजु गर्ने र ईण्ट्रि गर्ने काम जारी छ ।

'परीक्षाफल भन्ने कुरा ठ्याक्कै यही दिन सार्वजनिक गर्ने भन्ने त हुँदैन, सके सम्म त्रुटि नै नहोस् भए पनि कम होस् भन्ने तिर ध्यान दिएर काम हुन्छ' उक्त श्रोतले भन्यो, 'काम गर्दै जाँदा केही त्रुटि देखिन पनि सक्छ, त्रुटि कम भएर सोचे भन्दा पहिले नै पनि सार्वजनिक गर्न सकिन्छ, यसै भन्न त गाह्रो हुन्छ ।'

तै पनि दशैं अघिनै सार्वजनिक गर्ने गरी आन्तरिक तयारी साथ काम भईरहेको उक्त श्रोतले जनायो ।

माध्यमिक तहका ६ सय १२ पदका लागि ३१ हजार धेरैले आवेदन भरेका आयोगले जनाएको छ ।

प्रतिक्रिया