Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

कक्षा १२ को नतिजा प्रकाशित (नतिजा सहित)

सोमबार, २७ भदौ २०७३

भक्तपुर – कक्षा १२ को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मानविकी, व्यवस्थापन शिक्षा लगायतका सबै संकायको नतिजा साँझ सार्वजनिक गरेको हो ।

प्रकाशित परीक्षाफल अन्तर्गत कूल परीक्षार्थीहरुमध्ये ४८ दशमलब १७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले नियमिततर्फ १ लाख ७५ हजार ५ सय ९३ परीक्षार्थीमध्ये कूल ८४ हजार ५ सय ९३ जना उत्तीर्ण भएको जानकारी दिए ।

त्यस्तै आंशिकतर्फ कूल १ लाख २३ हजार १ सय ८१ परीक्षार्थीहरुमध्ये ४८ हजार ७ सय ६३ अर्थात् ३९ दशमलब ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

निमित्त परीक्षा नियन्त्रक अर्यालका अनुसार जम्मा ७४ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ । जसमध्ये नियमिततर्फ ३८ जना र आंशिकतर्फ ३६ जना रहेका छन् ।

बोर्डका अनुसार गत वर्ष नियमिततर्फ ३९ दशमलब ९९ प्रतिशत र आंशिकतर्फ ३२ दशमलब ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यो वर्ष भने ८ दशमलब १८ प्रतिशतले नतिजामा सुधार भएको छ ।

बोर्डले कात्तिक ६ गते मौका परीक्षा गर्ने पनि जनाएको छ । त्यसका लागि असोज मसान्तभित्र फारम भरिसक्नुपर्ने छ ।

बोर्डले यसअघि नै विज्ञान संकायको नतिजा सार्वजनिक गरिसकेको छ । सार्वजनिक भएको नतिजा एडुखबर मार्फत् थाहा पाउन सक्नु हुनेछ ।  नतिजा एडुखबरको एण्ड्रोईड एप edunepal पनि थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया