काठमाडौं - गणित शिक्षामा ५० वर्ष अनवरत् सेवा गरेका र ७५ वर्ष उमेर पार गरेका गणित शिक्षक र अन्वेषकहरुलाई सम्मान गरिने भएको छ । नेपाल गणित केन्द्र, नेपाल गणित समाज, गणित शिक्षा परिषद् र गणित शिक्षा महिला समाजले असोज १३ गते एक कार्यक्रममा उनीहरुलाई सम्मान गर्ने भएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिका लागि निम्तो लिएर शनिबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगेका ती संस्थाका प्रतिनिधिहरुलाई दाहालले कार्यक्रममा आफू सहभागी हुने जानकारी गएकाका छन् ।
प्रा.डा. राममान श्रेष्ठको नेतृत्वमा निम्तो बोकेर बालुवाटार पुगेका गणितज्ञहरुले प्रधानमन्त्रीसंग गणित शिक्षालाई सरकारी प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
भेटमा प्रधानमन्त्रीले विज्ञानले मात्रै विकासलाई सुनिश्चित गर्न सक्ने बताउँदै गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोड्नुपर्ने बताएको उनको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया