Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

निमावि सामाजिकको नतिजा सार्वजनिक, लिखितको प्रकृया सकियो अब अन्तर्वार्ता

मंगलबार, ०५ असोज २०७२

भक्तपुर ५ असोज / निम्न माध्यमिक तर्फ स्थायी शिक्षकको लिखित परीक्षा अन्र्तगत मंगलबार सामाजिक विषयको सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । यो संगै शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षाको सबै नतिजा सार्वजनिक भएको छ ।

नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्

निमाविको नतिजा सकिएसँगै आयोगले ७३ दिनमा लिखित परीक्षाको सबै प्रकृया पूरा गरेको छ । अब आउँदो शुक्रबार देखि माविको तथा कात्तिक २० गते देखि निमाविको अन्तर्वार्ताको प्रकृया शुरु गर्ने योजना आयोगले सार्वजनिक गरिसकेको छ ।

विभिन्न विदा तथा राजनीतिक अस्थिरताका कारण भएका बन्द हड्तालका बिचमा पनि आयोगले नतिजा प्रकाशनको कामलाई प्रभावकारी रुपमा सम्पन्न गरेको छ । सिमित श्रोत र जनशक्तिका विचमा पनि काम सकेर आयोगले आफ्नो क्षमता प्रदर्शन गरेको तथा जिम्मेवारी पूरा गरेको प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

बुधबार विज्ञान विषयको नतिजा सार्वजनिक गरेर आयोगले निमाविको नतिजा प्रकाशन गर्ने क्रम शुरु गरेको थियो । माविको नतिजा गत भदौ १६ गते बाट प्रकाशन शुरु भएको थियो ।  गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा  मध्ये माविको लिखितको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको  थियो ।

आयोगका अध्यक्ष उदयराज सोतीको अवधि असोजमा सकिने भएकाले उनले आफ्ना पालामा गरेको विज्ञापनको सम्पूर्ण काम आफ्नै कार्यकालमा सक्ने गरी कर्मचारी खटाउँदा नतिजा चाँडै सार्वजनिक गर्न आयोग सफल भएको आयोग श्रोतले जनाएको छ ।

प्रतिक्रिया