काठमाडौं, ११ बैशाख/ शिक्षक विवादले सुन्सरीको इटहरी २४ आपगाछीस्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालयको पढाई लथालिंग भएको छ ।
दुई शिक्षक बीच भएको शक्ति प्रदर्शनले उग्र रुप लिएपछि अहिले यो विद्यालय राजनीतिक शक्ति प्रदर्शन गर्ने अखडा बन्न पुगेको छ । जसको बिरोधस्वरुप बिहीबार स्थानीयबासीले नै विद्यालउमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् ।
शिक्षक सेवा आयोगबाट उर्तिण भएपछि गणित बिषयका शिक्षकद्वव शरणकुमार बस्नेत र बासुदेव कर्णले एउटै विद्यालय रोजेपछि विद्यालयमा विवाद भएको हो । कर्णको समर्थन गर्दै गत २६ चैतमा नेपाल विद्यार्थी संघले २ नम्बर क्षेत्रीय समितिले ताला लगाएका थिए ।
फेरी कर्णकै समर्थन गरेर बिहीबार स्थानीय अभिभावक र केही विद्यार्थी समेत पुनः विद्यालयको मुल गेटमै ताला लगाएका छन् । यसले भर्ना अभियानलाई समेत असर परेको छ ।
आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया