Edukhabar
मंगलबार, ११ मंसिर २०८१
खबर/फिचर

भक्तपुर नगरपालिका पूर्ण साक्षर घोषणा

शनिबार, २३ साउन २०७२

भक्तपुर २३ साउन / भक्तपुर नगरपालिका पूर्ण साक्षर नगरपालिका भएको छ । ८१ हजार ७ सय ४८ जनसंख्या रहेको नगरपालिकामा ७७ हजार ८२ जना साक्षर भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यो ९६ दशमलब ०८ प्रतिशत हो । युनेस्केको परिषाभा र अन्र्तराष्ट्रिय मान्यता बमोजिम कुल जनसख्याको जम्मा ९५ प्रतिशत नागरिक साक्षर भए पछि उक्त क्षेत्रलाई पूर्ण साक्षर घोषणा गर्न सकिने प्रचलन छ ।

सोही अनुसार नेपाल मजदूर किसान पार्टीका अध्यक्ष एवं सभासद नारायणमान बिजुक्छेले शुक्रबार भएको कार्यक्रममा नगरपालिकालकाई साक्षर घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले देशका कयौ सभासदलाई संविधान र ऐन कानूनका बारेमा अझै थाहा नभएको अबस्थामा देशमा सबै नागरिकलाई कम्तीमा पनि स्नातकसम्म गराउनु पर्ने बताए ।

कार्यक्रममा सभासदद्धय डिल्लीप्रसाद काफ्ले, प्रेम सुवाल, नगरपालिका कर्मचारी एशोसियसनका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुरमा सुरु भएको एक घर एक स्नातक अभियान पुरा हुने बताउदै जिल्लालाई साक्षर मात्रै बनाउने नभई पूर्ण शिक्षा दिने व्यबस्था हुनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी तोयम राया, जिल्ला शिक्षा समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी, जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भक्तपुरलाई साउन भित्रमा पूर्ण साक्षर जिल्ला घोषणा गरिने बताउदै जिल्लालाई पूर्ण सरसफाई, पूर्ण खोप युक्त, पूर्ण बालश्रममुक्त जिल्ला घोषणा गर्ने तयारी भएको बताए । 

नगरपालिकाका कार्यकारी अधिकृत उद्धवप्रसाद रिजालले साक्षर हुन बाँकी ४ हजार ६ सय ६६ जनालाई पनि नियमित रुपमा अनौपचारिक कक्षा संचालन गरेर साक्षर बनाईने बताए ।

प्रतिक्रिया