Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

जोखिम मोलेर पढाई

मंगलबार, २९ बैशाख २०७२

काठमाडौं २९ वैशाख/भुकम्पले नवलपरासीमा एक सय २५ विद्यालयमा क्षति पुगेको छ । १२ वटा विद्यँलय पूर्ण रुपमा क्षति भएका छन् । विद्यालय सञ्चालन भइसकेकाले विद्यार्थी उक्त जोखिमपूर्ण भवनमा बसेर अध्ययन गरिरहेका छन् । 

जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमालका अनुुसार एउटा विद्यालयमा अझ पनि पढाई सुचारु सकिएको छैन । उनका अनुसार हुप्सेकोटस्थित मोहनडाडा शाखा २ देउराली हो । उक्त विद्यालयलाई नजिककैको विद्यालयमा गाभेर पढाउने भनिएपनि अभिभावकले नमानेपछि समस्या भएको कुमालले बताए । त्यस्तै बालजागर प्रावि देउरालीका कक्षा कोठा पनि प्रयोग गर्ने अवस्थाको छैनन । 

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया