Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

रसुवाको दुई दर्जन विद्यालय विस्थापित हुने

मंगलबार, २९ बैशाख २०७२

काठमाडौं २९ वैशाख /विनासकारी  भुकम्पका कारण रसुवाको दुई दर्जन विद्यँलय समेत बिस्थापित हुन लागेका छन् । डाडागाउ, हाकु, लाङटाङ गाबिसका विद्यालय बिस्थापित हुन लागेको हो । 

भुकम्प र पहिरोले गाउ सखाप भएपछि गाउमा कोही बस्ने अवस्था नभएपछि उक्त गाउमा रहेको विद्यालय विस्थापित हुन लागेको शिक्षा अधिकारी रामशरण सापकोटाले बताए । भुकम्पसंगै झरेको पहिरोले हाकु गाबिस ध्वस्त भएपछि हाकु मावि, गोसाइकुण्ड प्रावि, पार्वतिकुण्ड प्रावि, हाकुबेसी निमावि, निरु प्रावि, बाल उदय प्रावि बिस्थापित हुन लागेको हो । 

डाडा गाउ ८ र ९ वडामा पनि कोही छैन । यो गाउको करुमरयाङ निमावि र भूमिदेवि प्रावि बिस्थापित हुन लागेको हो । सापकोटाका अनुसार रसुवामा एक हजार एक सय ३३  कक्षाकोठा मध्ये सात सय ३० पूर्ण रुपले क्षति भएका छन् । 

आजको नयापत्रिका दैनिकमा भवानीश्वर गौतमले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया