Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

काभ्रेका विद्यालय जेठ ३ देखि

मंगलबार, २९ बैशाख २०७२

काठमाडौं २९ वैशाख /जिल्ला शिक्षा कार्यालय र सरोकारवालाले जेठ ३ देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । भुकम्पले पठन पाठन ठप्प भएको थियो । 

जिल्लाका ५ सय ९० सरकारी विद्यालय मध्ये ९६ वटा पूर्ण रुपमा क्षति भएका छन् । निजी विद्यालयमा पनि क्षति पुगेको छ । स्रोत व्यक्ति महेश्वर जंगमका अनुसार २६ स्रोत केन्द्रअन्तर्गतका आठ सय ८२ कक्षाकोठा पूर्ण रुपमा क्षति भएका छन् । १ हजार ४ सय ९० कक्षाकोठामा सामान्य क्षति पुगेको छ । २५ विद्यार्थीको भुकम्पमा परेर मृत्यु भएका छन् । 

तत्काल पूर्ण रुपमा कक्षा सञ्चालन गर्ने अवस्था नभएपनि विद्यालय आउने वातावरण बनाउन लागेको शिक्षा अधिकारी दिपेन्द्र गुरुङले बताए । 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया